Aug 13 2026 | २०८३, श्रावण २८ गते

शैक्षिक नेतृत्वमा तनाव व्यवस्थापनबारे प्याब्सन काठमाडौँ महानगरको सेमिनार सम्पन्न

शैक्षिक नेतृत्वमा तनाव व्यवस्थापनबारे प्याब्सन काठमाडौँ महानगरको सेमिनार सम्पन्न

  • 256
    SHARES

  • शैक्षिक नेतृत्वमा तनाव व्यवस्थापनबारे प्याब्सन काठमाडौँ महानगरको सेमिनार सम्पन्न

    काठमाडौँ, असार १५ — निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (PABSON) काठमाडौँ महानगर समितिले आयोजना गरेको ‘शैक्षिक नेतृत्वका लागि तनाव व्यवस्थापन तथा समग्र कल्याण’ विषयक राष्ट्रियस्तरको सेमिनार धुलिखेल लज रिसोर्टमा सम्पन्न भएको छ।

    FB_IMG_1782633390882.jpg

    विद्यालय नेतृत्वलाई मानसिक रूपमा सुदृढ, व्यावसायिक रूपमा सक्षम र परिवर्तनअनुकूल बनाउने उद्देश्यले आयोजित कार्यक्रममा काठमाडौँ महानगर क्षेत्रका ११० जना विद्यालयका प्रिन्सिपलहरूको सहभागिता रहेको थियो। कार्यक्रममा शैक्षिक नेतृत्व, तनाव व्यवस्थापन, भावनात्मक सन्तुलन, मानसिक स्वास्थ्य तथा संस्थागत सफलतामा नेतृत्वको भूमिकाबारे अन्तरक्रियात्मक छलफल गरिएको थियो।

    कार्यक्रमका प्रमुख अतिथि गोपाल आचार्यले गुणस्तरीय शिक्षा निर्माणमा विद्यालय नेतृत्वको भूमिका निर्णायक हुने उल्लेख गर्दै नेतृत्वलाई प्रभावकारी बनाउन ज्ञान र व्यवस्थापकीय क्षमतासँगै मानसिक स्वास्थ्य र आत्मअनुशासन उत्तिकै आवश्यक रहेको बताउनुभयो। उहाँले बढ्दो कार्यचापबीच तनावलाई सही रूपमा व्यवस्थापन गर्न सक्ने नेतृत्वले मात्रै विद्यालयमा सकारात्मक वातावरण सिर्जना गर्न सक्ने धारणा व्यक्त गर्नुभयो।

    FB_IMG_1782633394076.jpg

    प्रमुख प्रशिक्षक तथा मोटिभेसन स्पिकर विके रमण भट्टराई ले प्रिन्सिपलहरूलाई विद्यालयको प्रशासक मात्र नभई प्रेरणादायी नेतृत्वकर्ताका रूपमा आफूलाई विकास गर्न आग्रह गर्नुभयो। उहाँले तनावलाई समस्याका रूपमा नभई व्यवस्थापन गर्न सकिने अवस्थाका रूपमा बुझ्नुपर्ने उल्लेख गर्दै सकारात्मक सोच, भावनात्मक बुद्धिमत्ता, प्रभावकारी सञ्चार, समय व्यवस्थापन र आत्मविश्वास नै सफल नेतृत्वका आधार भएको बताउनुभयो। यस्ता प्रशिक्षणले नेतृत्व क्षमतामा व्यवहारिक परिवर्तन ल्याउने विश्वास पनि उनले व्यक्त गर्नुभयो।

    प्याब्सन काठमाडौँ महानगर समितिका अध्यक्ष गगन सिंह ऐरले विद्यालयका प्रिन्सिपलहरूको नेतृत्व क्षमता अभिवृद्धि गर्नु नै संस्थाको प्रमुख प्राथमिकता रहेको बताउनुभयो। उहाँल शिक्षा क्षेत्र तीव्र परिवर्तनको चरणमा रहेकाले विद्यालय नेतृत्वलाई समयअनुकूल ज्ञान, सीप र मानसिक रूपमा सशक्त बनाउन यस्ता राष्ट्रियस्तरका कार्यक्रम आवश्यक रहेको उल्लेख गर्नुभयो। ११० जना प्रिन्सिपलको उत्साहजनक सहभागिताले कार्यक्रमको उद्देश्य सफल भएको भन्दै आगामी दिनमा पनि क्षमता विकास, नेतृत्व सुदृढीकरण र गुणस्तरीय शिक्षाका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो ।

    कार्यक्रमको समापनमा आयोजकले प्रमुख अतिथि, प्रशिक्षक, सहभागी प्रिन्सिपल, आयोजक टोली, प्रायोजक तथा प्रत्यक्ष–परोक्ष रूपमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै स्वस्थ नेतृत्व, सशक्त विद्यालय र गुणस्तरीय शिक्षाको अभियानलाई अझ प्रभावकारी बनाउन यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

    images
    सोमवार, आषाढ १५ २०८३०९:२१:३४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार