Aug 13 2026 | २०८३, श्रावण २८ गते

शिक्षामा समर्पित चार दशक : संस्थापक प्रधानाध्यापक विष्णु प्रसाद पनेरु नगरपालिकाद्वारा सम्मानित

शिक्षामा समर्पित चार दशक : संस्थापक प्रधानाध्यापक विष्णु प्रसाद पनेरु नगरपालिकाद्वारा सम्मानित

  • 353
    SHARES

  • शिक्षामा समर्पित चार दशक : संस्थापक प्रधानाध्यापक विष्णु प्रसाद पनेरु नगरपालिकाद्वारा सम्मानित

    काठमाडौं, २१ असार। श्री कंकाली माध्यमिक विद्यालयका संस्थापक प्रधानाध्यापक विष्णु प्रसाद पनेरु शिक्षा क्षेत्रमा चार दशकभन्दा बढी समयदेखि पुर्‍याउँदै आएको उल्लेखनीय योगदानको कदर गर्दै चन्द्रागिरि नगरपालिकाले सम्मान गरेको छ।

    नगरपालिकाले शिक्षा क्षेत्रको विकास, गुणस्तरीय पठनपाठन, शैक्षिक नेतृत्व तथा विद्यालयको संस्थागत विकासमा पनेरुले पुर्‍याएको दीर्घकालीन योगदानको उच्च मूल्याङ्कन गर्दै उहाँलाई सम्मान गरेको हो।

    विष्णु प्रसाद पनेरुको नेतृत्वमा चार जना विद्यार्थीबाट सुरु भएको श्री कंकाली माध्यमिक विद्यालय आज हजारौँ विद्यार्थी अध्ययन गर्ने प्रतिष्ठित शैक्षिक संस्थाका रूपमा स्थापित भएको छ। विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, अनुशासित शिक्षण वातावरण निर्माण र दक्ष जनशक्ति उत्पादनमा उहाँको योगदान उल्लेखनीय मानिन्छ।

    चार दशकभन्दा बढी समय शिक्षाप्रति समर्पित रहँदै विद्यालय र समाजको शैक्षिक उन्नयनमा निरन्तर क्रियाशील पनेरुको योगदानलाई नगरपालिकाले विशेष सम्मानमार्फत उच्च मूल्याङ्कन गरेको हो।

    शिक्षा क्षेत्रमा समर्पित व्यक्तित्वलाई गरिएको यस सम्मानले समर्पित शिक्षक, शैक्षिक नेतृत्व र शिक्षा सेवामा योगदान पुर्‍याउने व्यक्तिहरूप्रति समाज र स्थानीय सरकारको सम्मानभावलाई थप बलियो बनाएको विश्वास व्यक्त गरिएको छ।

    images
    आइतवार, आषाढ २१ २०८३०९:०५:०७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार