Aug 13 2026 | २०८३, श्रावण २८ गते

नेपाल शिक्षक महासङ्घको राष्ट्रिय परिषद साउन १६ र १७ गते काठमाडौंमा हुने

नेपाल शिक्षक महासङ्घको राष्ट्रिय परिषद साउन १६ र १७ गते काठमाडौंमा हुने

  • 169
    SHARES

  • नेपाल शिक्षक महासङ्घको राष्ट्रिय परिषद साउन १६ र १७ गते काठमाडौंमा हुने

    काठमाडौं, असार २४ । नेपाल शिक्षक महासङ्घको तेस्रो राष्ट्रिय परिषद आगामी साउन १६ र १७ गते काठमाडौंमा आयोजना हुने भएको छ। महासङ्घको विस्तारित कार्यालयीय बैठकले यसअघि साउन २ र ३ गतेका लागि तय गरिएको परिषद आन्तरिक तयारीमा भएको ढिलाइका कारण नयाँ मितिमा गर्ने निर्णय गरेको हो।

    महासङ्घले परिषदअघि विधानअनुसार सम्पन्न हुन बाँकी रहेका सबै जिल्लाको जिल्ला परिषद सम्पन्न गर्न निर्देशन दिएको छ। साथै, समयानुकूल विधान संशोधन गर्ने तयारी भएकाले संशोधनका लागि आवश्यक सुझाव लिखित रूपमा राष्ट्रिय समितिमा पठाउन पनि आग्रह गरिएको छ।

    राष्ट्रिय परिषदमा प्रत्येक जिल्लाबाट अध्यक्षसहित चार जना प्रतिनिधि सहभागी गराइनेछ। प्रतिनिधि छनोट गर्दा फरक–फरक आबद्ध संस्थाबाट प्रतिनिधित्व सुनिश्चित गर्न महासङ्घले अनुरोध गरेको छ। त्यस्तै, प्रत्येक जिल्लाले परिषदमा सहभागी हुँदा संस्थागत रूपमा ६ हजार रुपैयाँ सहभागिता शुल्क तथा महासङ्घको मुखपत्र ‘महासङ्घ सन्देश’ प्रकाशनका लागि ५ हजार रुपैयाँ सहयोग रकम उपलब्ध गराउनुपर्ने निर्णय गरिएको छ। विधानअनुसार सदस्यता शुल्कसमेत समयमै बुझाउन महासङ्घले निर्देशन दिएको छ।

    जिल्लाको आधिकारिक प्रतिनिधिबाहेक परिषदमा सहभागी हुने अन्य सदस्यका लागि प्रति व्यक्ति १ हजार रुपैयाँ सहभागिता शुल्क लाग्ने जनाइएको छ। महासङ्घले समिति गठन हुन बाँकी रहेका जिल्लामा गठन प्रक्रिया पूरा गर्न तथा सबै जिल्ला समितिको नामावली राष्ट्रिय समिति र प्रकाशन समितिमा पठाउनसमेत अनुरोध गरेको छ।

    FB_IMG_1783560459202.jpgFB_IMG_1783560460899.jpg

    images
    बिहिवार, आषाढ २५ २०८३०७:१८:३१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार