Oct 02 2026 | २०८३, आश्विन १६ गते

ज्ञानोदय माध्यमिक विद्यालयमा कक्षा १२ का विद्यार्थीलाई बधाई, सम्मान तथा विदाई

ज्ञानोदय माध्यमिक विद्यालयमा कक्षा १२ का विद्यार्थीलाई बधाई, सम्मान तथा विदाई

  • 604
    SHARES

  • ज्ञानोदय माध्यमिक विद्यालयमा कक्षा १२ का विद्यार्थीलाई बधाई, सम्मान तथा विदाई

    काठमाडौं, असार २७। ज्ञानोदय माध्यमिक विद्यालय, पुरानो कालिमाटी (बाफल), काठमाडौंमा शैक्षिक सत्र २०८२ मा कक्षा १२ को परीक्षामा सहभागी विद्यार्थीहरूलाई बधाई, सम्मान तथा विदाई कार्यक्रम सम्पन्न भएको छ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबाबु कोइरालाको सभापतित्वमा आयोजित कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई, काठमाडौंका प्रमुख सुरेशकुमार जोशी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। काठमाडौं महानगरपालिका शिक्षा विभागका प्रमुख नवराज ढकाल, शिक्षा अधिकृत लक्ष्मी पौडेल लगायत शिक्षा क्षेत्रका विभिन्न व्यक्तित्व, पूर्व सहसचिव, शिक्षक सेवा आयोगका पूर्व पदाधिकारी, जनप्रतिनिधि, समाजसेवी, विद्यालयका पूर्व तथा वर्तमान शिक्षक, प्रधानाध्यापक, अभिभावक र विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    IMG-20260711-WA0086~2.jpg

    कार्यक्रमको उद्घोषण विष्णु प्रसाद ज्ञवालीले गर्नुभएको थियो भने राष्ट्रिय गान, दीप प्रज्वलन तथा सरस्वतीको तस्वीरमा माल्यार्पण गरी औपचारिक उद्घाटन गरिएको थियो। विद्यालयका सहायक प्रधानाध्यापक बद्रिनाथ न्यौपानेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।

    कार्यक्रममा विद्यालयको वार्षिक प्रकाशन ‘ज्ञानोदय हेराल्ड’ विमोचन गरिएको थियो। विद्यार्थीहरूको सांगीतिक प्रस्तुति, विद्यार्थी प्रतिनिधिको मन्तव्य तथा विभिन्न अतिथिहरूको शुभकामना मन्तव्यले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

    कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई, काठमाडौंका प्रमुख सुरेशकुमार जोशीले विद्यालय शिक्षा केवल परीक्षा उत्तीर्ण गर्ने माध्यम नभई असल नागरिक निर्माण गर्ने आधार भएको बताउनुभयो। उहाँले ज्ञानोदय माध्यमिक विद्यालयले शैक्षिक गुणस्तर, अनुशासन र अतिरिक्त क्रियाकलापमा हासिल गरेको उपलब्धिको प्रशंसा गर्दै विद्यार्थीहरूलाई उच्च शिक्षा तथा जीवनका आगामी यात्रामा आत्मविश्वासका साथ अघि बढ्न शुभकामना व्यक्त गर्नुभयो।

    IMG-20260711-WA0009.jpg

    उहाँले शिक्षक, अभिभावक र विद्यालयबीचको सहकार्यले मात्रै गुणस्तरीय शिक्षा सम्भव हुने उल्लेख गर्दै विद्यालयले दीर्घकालीन सेवा गरेका शिक्षकहरूको सम्मान गरेको कार्य अनुकरणीय रहेको बताउनुभयो। विद्यार्थीहरूलाई इमानदारी, मेहनत र सकारात्मक सोचका साथ आफ्नो लक्ष्य प्राप्तितर्फ अघि बढ्न प्रेरित गर्दै उहाँले देश विकासका लागि सक्षम, नैतिक र जिम्मेवार जनशक्ति उत्पादन गर्नु आजको शिक्षाको मुख्य उद्देश्य भएको धारणा राख्नुभयो।

    विद्यालयका प्रधानाध्यापक विष्णु घिमिरे रिमालले ज्ञानोदय माध्यमिक विद्यालयले गुणस्तरीय, व्यवहारिक र जीवनोपयोगी शिक्षामा जोड दिँदै विद्यार्थीको सर्वाङ्गीण विकासलाई प्राथमिकतामा राखेर कार्य गर्दै आएको बताउनुभयो। कक्षा १२ पूरा गरी नयाँ यात्रामा अघि बढ्न लागेका विद्यार्थीहरूलाई बधाई तथा सफल भविष्यको शुभकामना व्यक्त गर्दै उहाँले विद्यालयमा सिकेका ज्ञान, सीप, अनुशासन र नैतिक मूल्यलाई जीवनभर आत्मसात् गर्न आग्रह गर्नुभयो।

    IMG-20260711-WA0070~2.jpg

    उहाँले विद्यालयको शैक्षिक उपलब्धि शिक्षक, कर्मचारी, अभिभावक, विद्यालय व्यवस्थापन समिति र विद्यार्थीहरूको सामूहिक प्रयासको परिणाम भएको उल्लेख गर्नुभयो। दीर्घकालसम्म विद्यालयमा समर्पित भएर सेवा गर्ने शिक्षकहरूको सम्मानले सेवाभाव, समर्पण र व्यावसायिक निष्ठाप्रति सम्मान व्यक्त गरेको बताउँदै आगामी दिनमा पनि विद्यालयले शैक्षिक गुणस्तर अभिवृद्धि, प्रविधिमैत्री शिक्षण र विद्यार्थीको क्षमता विकासलाई निरन्तर प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    यस अवसरमा विद्यालयमा २५ वर्षभन्दा बढी सेवा पुर्‍याएका शिक्षकहरूलाई दीर्घसेवा सम्मान पदक प्रदान गरिएको थियो। साथै विभिन्न शिक्षक, विद्यालय व्यवस्थापन समिति, शिक्षक–अभिभावक संघका पदाधिकारी तथा विद्यालयमा योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। एलआरआईका संस्थापक प्रिन्सिपल शिवराज पन्त तथा यशोधरा पन्तद्वारा स्थापित छात्रवृत्तिसहित विभिन्न छात्रवृत्ति र पुरस्कारसमेत वितरण गरिएको थियो।

    IMG-20260711-WA0072.jpg

    त्यसैगरी कक्षा १२ का उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार वितरण गर्दै आगामी शैक्षिक तथा व्यावसायिक यात्राका लागि शुभकामना व्यक्त गरिएको थियो। विद्यालयका प्रधानाध्यापक विष्णु घिमिरे रिमालले विद्यालयका शैक्षिक उपलब्धि, भावी योजना तथा गुणस्तरीय शिक्षाप्रति विद्यालयको प्रतिबद्धताबारे जानकारी गराउनुभएको थियो।

    समापन मन्तव्य राख्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबाबु कोइरालाले विद्यार्थीहरूलाई अनुशासित, जिम्मेवार र राष्ट्रप्रति उत्तरदायी नागरिक बन्न आग्रह गर्दै विद्यालयको गौरवलाई अझ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

    IMG-20260711-WA0054.jpgIMG-20260711-WA0038.jpgIMG-20260711-WA0005.jpgIMG-20260711-WA0088.jpgIMG-20260711-WA0048.jpg

    images
    शनिवार, आषाढ २७ २०८३०७:५०:०८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार