Oct 02 2026 | २०८३, आश्विन १६ गते

शिक्षकका सबै व्यक्तिगत कागजातमा सिटरोल नम्बर अनिवार्य, उल्लेख नभए अभिलेखीकरण नहुने

शिक्षकका सबै व्यक्तिगत कागजातमा सिटरोल नम्बर अनिवार्य, उल्लेख नभए अभिलेखीकरण नहुने

  • 185
    SHARES

  • शिक्षकका सबै व्यक्तिगत कागजातमा सिटरोल नम्बर अनिवार्य, उल्लेख नभए अभिलेखीकरण नहुने

    काठमाडौं। राष्ट्रिय किताबखाना (शिक्षक), म्युजियम मार्ग, छाउनीले सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकका सबै व्यक्तिगत कागजात (अभिलेख) मा सिटरोल नम्बर अनिवार्य रूपमा उल्लेख गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

    राष्ट्रिय किताबखानाले जारी गरेको सूचनाअनुसार विद्यालय, स्थानीय तह तथा शिक्षा विकास तथा समन्वय इकाइबाट जारी हुने शिक्षकको नियुक्ति, सरुवा, बढुवा, रमाना, हाजिरी भएको पत्र, सिफारिस तथा अन्य सबै व्यक्तिगत कागजातमा सिटरोल नम्बर अनिवार्य रूपमा उल्लेख गर्नुपर्नेछ।

    किताबखानाका अनुसार सबै स्थायी शिक्षकको वैयक्तिक तथा नोकरी विवरण (सिटरोल) दर्ता भई सिटरोल नम्बर कायम भइसकेको हुनुपर्नेछ। सिटरोल नम्बर कायम नभएका शिक्षकको हकमा शिक्षा ऐन तथा नियमावलीबमोजिम सिटरोल कायम गराउन पनि आग्रह गरिएको छ।

    सूचनामा एउटै नामका एकभन्दा बढी शिक्षक हुन सक्ने भएकाले सिटरोल नम्बर उल्लेख नभए व्यक्तिगत विवरण अद्यावधिक गर्न कठिनाइ हुने, विवरण फरक पर्न सक्ने र त्यसबाट शिक्षकले पाउने सेवा–सुविधामा गम्भीर त्रुटि आउन सक्ने उल्लेख गरिएको छ। यसै कारण राष्ट्रिय किताबखाना (शिक्षक) मा प्राप्त हुने सिफारिस तथा बोधार्थ पत्रमा सिटरोल नम्बर उल्लेख नभए त्यस्ता कागजात अभिलेखीकरण गर्न नसकिने स्पष्ट पारिएको छ।

    राष्ट्रिय किताबखानाले सम्बन्धित सबै विद्यालय, स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाइलाई शिक्षकका सबै व्यक्तिगत अभिलेखमा सिटरोल नम्बर अनिवार्य रूपमा उल्लेख गरी पठाउन अनुरोध गरेको छ।

    FB_IMG_1784037454487.jpg

    images
    मंगलवार, आषाढ ३० २०८३०८:०४:१२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार