Aug 13 2026 | २०८३, श्रावण २८ गते

सिंहदरबार अगाडि अनेरास्ववियुको प्रदर्शन, केन्द्रीय अध्यक्षसहित ७ जना पक्राउ

सिंहदरबार अगाडि अनेरास्ववियुको प्रदर्शन, केन्द्रीय अध्यक्षसहित ७ जना पक्राउ

  • 136
    SHARES

  • सिंहदरबार अगाडि अनेरास्ववियुको प्रदर्शन, केन्द्रीय अध्यक्षसहित ७ जना पक्राउ

    काठमाडौं । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले मंगलबार बिहान सिंहदरबारको मुख्य गेटअगाडि शान्तिपूर्ण प्रदर्शन गरेको जनाएको छ। प्रदर्शनका क्रममा प्रहरीले संगठनका केन्द्रीय अध्यक्ष दीपक धामीसहित ७ जनालाई नियन्त्रणमा लिएको छ।

    प्रहरी नियन्त्रणमा परेकामध्ये अनेरास्ववियुका केन्द्रीय अध्यक्ष दीपक धामी, निर्वाचन आयोग अध्यक्ष जितप्रसाद सिटौला, सचिवालय सदस्य विशाल खड्का, उपत्यका विशेष बागमती प्रदेश संयोजक रवि मगर, केन्द्रीय सदस्य विष्णु उपरकोटी, कानुन राष्ट्रिय कमिटी सचिव सुदीप थापा तथा CTEVT राष्ट्रिय कमिटी सदस्य शिरीष बुढाथोकी रहेका छन्।

    गिरफ्तारीपछि अनेरास्ववियुले विज्ञप्ति जारी गर्दै स्थापना कालदेखि नै विद्यार्थी हकहित, गुणस्तरीय शिक्षा, लोकतान्त्रिक मूल्य–मान्यता, राष्ट्रिय स्वाधीनता तथा सामाजिक रूपान्तरणका आन्दोलनमा अग्रणी भूमिका निर्वाह गर्दै आएको उल्लेख गरेको छ। संगठनले सिंहदरबार गेटअगाडि आयोजित शान्तिपूर्ण प्रदर्शनमा सहभागी विद्यार्थीमाथि गरिएको धरपकड र गिरफ्तारीप्रति गम्भीर आपत्ति जनाएको छ।

    विज्ञप्तिमा शान्तिपूर्ण आन्दोलनमा सहभागी विद्यार्थीलाई पक्राउ गरिएको तर अन्य घटनामा कानुनको समान कार्यान्वयन नभएको दाबी गर्दै राज्यले दोहोरो मापदण्ड अपनाएको आरोप लगाइएको छ। साथै, नागरिकको शान्तिपूर्ण विरोध र अभिव्यक्ति स्वतन्त्रताको सम्मान हुनुपर्ने भन्दै लोकतान्त्रिक व्यवस्थामा आन्दोलन दमन गर्नु उचित नभएको संगठनको भनाइ छ।

    अनेरास्ववियुले पक्राउ परेका अध्यक्षसहित सबै नेता तथा कार्यकर्तालाई तत्काल बिना शर्त रिहा गर्न माग गरेको छ। माग सम्बोधन नभए देशव्यापी सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनीसमेत संगठनले दिएको छ।

    images
    बुधवार, आषाढ ३१ २०८३१२:३६:५१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार