Aug 13 2026 | २०८३, श्रावण २८ गते

लोकसेवा पदपूर्ति रोक्ने निर्णयविरुद्ध अखिल (क्रान्तिकारी) को चेतावनी, ‘निर्णय फिर्ता नभए आन्दोलन’

लोकसेवा पदपूर्ति रोक्ने निर्णयविरुद्ध अखिल (क्रान्तिकारी) को चेतावनी, ‘निर्णय फिर्ता नभए आन्दोलन’

  • 464
    SHARES

  • लोकसेवा पदपूर्ति रोक्ने निर्णयविरुद्ध अखिल (क्रान्तिकारी) को चेतावनी, ‘निर्णय फिर्ता नभए आन्दोलन’

    काठमाडौं । लोकसेवा आयोगमार्फत हुने नियमित पदपूर्ति प्रक्रिया रोक्ने निर्णयको विरोध गर्दै अखिल (क्रान्तिकारी) ले सरकारको कडा आलोचना गरेको छ। क्रान्तिकारीले एक प्रेस वक्तव्य जारी गर्दै साउन ४ गते मुख्यसचिवस्तरीय बैठकको निर्णय नम्बर ११ मार्फत चालु आर्थिक वर्षमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको स्वीकृतिबिना स्थायी पदपूर्ति नगर्ने तथा लोकसेवा आयोगमा माग नपठाउने निर्णय गरिएको भन्दै त्यसको विरोध जनाएको हो।

    अखिल (क्रान्तिकारी) ले संवैधानिक रूपमा स्वायत्त रहेको लोकसेवा आयोगको नियमित प्रक्रिया प्रभावित पारेर लाखौँ लोकसेवा तयारीरत युवाको भविष्य अन्योलमा पारिएको आरोप लगाएको छ। विज्ञप्तिमा यस्तो निर्णयले युवाहरूलाई स्वदेशमा रोजगारीको अवसरबाट वञ्चित गरी वैदेशिक रोजगारीतर्फ धकेल्ने अवस्था सिर्जना हुने उल्लेख गरिएको छ।

    सङ्गठनले सरकारका नीतिका कारण एकातिर व्यवसायीहरू प्रभावित भएको र अर्कोतर्फ युवा जनशक्ति विदेश पलायन हुने अवस्था बढिरहेको दाबी गर्दै उक्त निर्णयलाई तत्काल फिर्ता लिन माग गरेको छ।

    निर्णय अविलम्ब फिर्ता नलिए देशव्यापी सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिँदै अखिल (क्रान्तिकारी) ले त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सरकार स्वयंले लिनुपर्ने जनाएको छ। साथै, निर्णयविरुद्ध एकताबद्ध भएर प्रतिवादमा उत्रिन देशभरका युवा तथा विद्यार्थीलाई अपिल पनि गरेको छ।

    यस्तो छ बिज्ञप्ति

    IMG-20260723-WA0000.jpg

    images
    बिहिवार, श्रावण ७ २०८३०५:२८:२६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार