Aug 13 2026 | २०८३, श्रावण २८ गते

शिक्षा नियमावली संशोधनको आश्वासनपछि शिक्षक आन्दोलन दुई महिनाका लागि स्थगित

शिक्षा नियमावली संशोधनको आश्वासनपछि शिक्षक आन्दोलन दुई महिनाका लागि स्थगित

  • 771
    SHARES

  • शिक्षा नियमावली संशोधनको आश्वासनपछि शिक्षक आन्दोलन दुई महिनाका लागि स्थगित

    काठमाडौं, साउन १५ । नवप्रवेशी तथा सरुवा पीडित शिक्षक केन्द्रीय संघर्ष समितिले शिक्षा मन्त्रालयबाट शिक्षा नियमावलीको ११औँ संशोधन यथाशीघ्र ल्याइने आश्वासन पाएपछि आफ्नो आन्दोलन तत्कालका लागि दुई महिनासम्म स्थगित गर्ने निर्णय गरेको छ।

    बिहीबार शिक्षा तथा खेलकुद मन्त्रीको सचिवालयका पदाधिकारीसँग भएको वार्तापछि समितिले जारी गरेको प्रेस विज्ञप्तिमा सरकारले शिक्षा नियमावलीको ११औँ संशोधन छिट्टै अघि बढाउने प्रतिबद्धता जनाएको उल्लेख गरिएको छ।

    समितिले सरकारको प्रतिबद्धतालाई सकारात्मक रूपमा ग्रहण गर्दै बढीमा दुई महिनासम्म संशोधनको प्रतीक्षा गर्ने जनाएको छ। यद्यपि, उक्त अवधिभित्र नियमावली संशोधन नभए पुनः निर्णायक आन्दोलनमा उत्रिने चेतावनी पनि दिएको छ।

    समितिका संयोजक नेत्रलाल भट्टराई र राष्ट्रिय प्रवक्ता रत्न कण्डेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा हाल सञ्चालनमा रहेका आन्दोलनका सम्पूर्ण कार्यक्रम तत्कालका लागि स्थगित गरिएको जानकारी दिइएको छ।

    नवप्रवेशी तथा सरुवा पीडित शिक्षकहरूले लामो समयदेखि सेवा–सर्त, सरुवा व्यवस्थापन तथा अन्य व्यावसायिक अधिकारसम्बन्धी विषयलाई स्पष्ट र व्यवस्थित बनाउन शिक्षा नियमावलीको ११औँ संशोधनको माग गर्दै आन्दोलन गर्दै आएका छन्। अब सरकारको प्रतिबद्धता कार्यान्वयन हुने वा नहुने विषयले आगामी दुई महिनापछि शिक्षक आन्दोलनको दिशा तय गर्ने देखिएको छ।

    1785487033222.jpg

    images
    शुक्रवार, श्रावण १५ २०८३०२:३३:३३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार