Aug 13 2026 | २०८३, श्रावण २८ गते

शैक्षिक उत्कृष्टतालाई हिसान काठमाडौंको सम्मान, कक्षा १२ का उत्कृष्ट विद्यार्थी र विद्यालय पुरस्कृत

शैक्षिक उत्कृष्टतालाई हिसान काठमाडौंको सम्मान, कक्षा १२ का उत्कृष्ट विद्यार्थी र विद्यालय पुरस्कृत

  • 664
    SHARES

  • शैक्षिक उत्कृष्टतालाई हिसान काठमाडौंको सम्मान, कक्षा १२ का उत्कृष्ट विद्यार्थी र विद्यालय पुरस्कृत

    काठमाडौं, साउन १५ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) काठमाडौं जिल्ला कार्यसमितिले कक्षा १२ को राष्ट्रिय परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी तथा विद्यालयलाई सम्मान गरेको छ। नेपाल पुलिस क्लबस्थित सभाहलमा आयोजित ‘SLC सम्मान कार्यक्रम–२०८३’ मा शैक्षिक उत्कृष्टता हासिल गर्ने दर्जनौँ विद्यार्थी तथा संस्थालाई सम्मान गरिएको हो।

    IMG-20260731-WA0264~2.jpg

    हिसान काठमाडौंका अध्यक्ष गोपीराज पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व राज्यमन्त्री तथा हिसान निर्देशक परिषद् संयोजक उमेश श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव जंगबहादुर अर्याल, हिसानका अध्यक्ष युवराज शर्मा, प्राज्ञिक तथा अनुसन्धान परिषद्का संयोजक डा. माधव बराल, काठमाडौं महानगरपालिका शिक्षा विभाग प्रमुख नवराज ढकाललगायतको उपस्थिति रहेको थियो।

    त्यसैगरी वरिष्ठ उपाध्यक्ष डा. स्वागत श्रेष्ठ, हिसान केन्द्रीय महासचिव रामहरी सिलवाल, टंकराज आचार्य, बागमती प्रदेश अध्यक्ष राजकुमार आचार्य, सचिव, उपाध्यक्ष, कोषाध्यक्ष शिव अधिकारी तथा काठमाडौं महानगरपालिका, तारकेश्वर, चन्द्रागिरि, नागार्जुन, कीर्तिपुर, कागेश्वरी मनोहरा, गोकर्णेश्वर र टोखा नगरपालिकाका हिसान समितिका अध्यक्षहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    IMG-20260801-WA0007~2.jpg

    कार्यक्रममा काठमाडौँ जिल्लाका विभिन्न विद्यालय तथा ती विद्यालयबाट कक्षा १२ मा उत्कृष्ट अंक हासिल विद्यार्थीलाई सम्मान गरिएको थियो। भने सम्मानित विद्यार्थीहरूलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो।

    IMG-20260731-WA0157.jpg

    कार्यक्रममा हिसान काठमाडौँका वरिष्ठ उपाध्यक्ष ऋषि न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको थियो। तत्पश्चात काठमाडौँ जिल्ला अध्यक्ष तथा कार्यक्रमका सभापति गोपीराज पराजुलीले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै उत्कृष्ट विद्यार्थीहरूको सम्मानले शैक्षिक क्षेत्रलाई थप ऊर्जा प्रदान गर्ने बताउनुभयो। सभापति पराजुलीले उत्कृष्ट प्रतिभालाई सम्मान गर्नु हिसानको परम्परा मात्र नभई गुणस्तरीय शिक्षाप्रतिको प्रतिबद्धता भएको बताउनुभयो । उहाँले विद्यार्थी, अभिभावक र शैक्षिक संस्थाबीच सहकार्य बढाउने अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने जानकारी दिनुभयो।

    1785552671238.jpg

    IMG-20260731-WA0190.jpg

    प्रमुख अतिथी उमेश श्रेष्ठले नेपालको निजी शिक्षाले गुणस्तरीय जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्दै विद्यार्थीलाई प्रतिस्पर्धी, नैतिक र सीपयुक्त नागरिकका रूपमा विकास गर्न विद्यालयहरू अझ जिम्मेवार हुनुपर्ने बताए। उनले उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी र विद्यालयलाई बधाई दिँदै शैक्षिक उत्कृष्टताको संस्कृतिलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

    1785552632422.jpg

    शिक्षा केवल प्रमाणपत्र प्राप्त गर्ने माध्यम नभई सक्षम, सीपयुक्त र आत्मनिर्भर नागरिक निर्माण गर्ने आधार भएको श्रेठको भनाई छ। उहाँले गुणस्तरीय शिक्षासँगै उद्यमशीलता विकासमा जोड दिनुपर्ने आवश्यकता औँल्याउँदै युवालाई जागिर खोज्नेभन्दा रोजगारी सिर्जना गर्ने उद्यमी बन्न प्रेरित गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। नेपालको आर्थिक समृद्धिका लागि कृषि र पर्यटन सबैभन्दा ठूलो सम्भावना बोकेका क्षेत्र भएकाले यी क्षेत्रमा लगानी, नवप्रवर्तन र दक्ष जनशक्ति उत्पादनलाई प्राथमिकता दिन आवश्यक रहेको श्रेष्ठले बताउनुभयो ।

    1785552618084.jpg

    काठमाडौं महानगरपालिका शिक्षा विभाग प्रमुख नवराज ढकालले सामुदायिक र संस्थागत विद्यालयबीच सहकार्यलाई सुदृढ बनाउँदै गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने धारणा राख्नुभयो। उहाँले शिक्षा सुधारका लागि महानगर सबै सरोकारवालासँग सहकार्य गर्न तयार रहेको पनि बताउनुभयो ।

    हिसानका अध्यक्ष युवराज शर्माले संस्थागत विद्यालयहरूले गुणस्तरीय शिक्षा, अनुशासन र नवप्रवर्तनमा उल्लेखनीय भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै विद्यार्थीको क्षमता विकासमा केन्द्रित कार्यक्रमलाई अझ प्रभावकारी बनाइने बताउनुभयो । उहाँले उत्कृष्ट विद्यार्थी र विद्यालयको सम्मानले स्वस्थ शैक्षिक प्रतिस्पर्धालाई थप ऊर्जा दिने विश्वास व्यक्त गर्नुभयो ।

    1785552583656.jpg

    हिसान केन्द्रीय महासचिव रामहरी सिलवालले यस्ता सम्मान कार्यक्रमले उत्कृष्ट विद्यार्थीको हौसला बढाउनुका साथै अन्य विद्यार्थीलाई पनि राम्रो नतिजा हासिल गर्न प्रेरित गर्ने उल्लेख गर्दै गुणस्तरीय शिक्षा र शैक्षिक उत्कृष्टताको अभियानलाई हिसानले निरन्तर अघि बढाउने बताउनुभयो।

    1785552496152.jpg

    कार्यक्रममा विभिन्न चरणमा उत्कृष्ट विद्यार्थी तथा विद्यालयलाई खादा, टीका र प्रमाणपत्रसहित सम्मान गरिएको थियो। सांस्कृतिक प्रस्तुति र नृत्यले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो। साथै हिसानका संस्थापक उमेश श्रेष्ठ र डा. माधव बराललाई सम्मान तथा अभिनन्दन गरिएको थियो भने संस्थापक स्वर्गीय बाबुराम पोखरेल र स्वर्गीय मनोरमा रानाका परिवारलाई मरणोपरान्त सम्मान प्रदान गरिएको थियो।

    1785552611145.jpg

    हिसान काठमाडौंका सचिव कृष्ण गौतमले सञ्चालन गरेको कार्यक्रममा शैक्षिक क्षेत्रका विभिन्न व्यक्तित्व, विद्यालयका प्रतिनिधि, विद्यार्थी तथा अभिभावकको उल्लेखनीय सहभागिता रहेको थियो।

    IMG-20260801-WA0011.jpg

    IMG-20260731-WA0174.jpgIMG-20260731-WA0248.jpgFB_IMG_1785513014848.jpg

    images
    शनिवार, श्रावण १६ २०८३०८:४६:१५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार