Oct 02 2026 | २०८३, आश्विन १६ गते

प्याब्सन नागार्जुनद्वारा नगरस्तरीय हस्तलेखन प्रतियोगिता सम्पन्न

प्याब्सन नागार्जुनद्वारा नगरस्तरीय हस्तलेखन प्रतियोगिता सम्पन्न

  • 243
    SHARES

  • प्याब्सन नागार्जुनद्वारा नगरस्तरीय हस्तलेखन प्रतियोगिता सम्पन्न

    काठमाडौं। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) नागार्जुन नगर समितिको संयोजन तथा बाटिका स्कुलको आयोजनामा नगरस्तरीय हस्तलेखन प्रतियोगिता सम्पन्न भएको छ।

    नागार्जुन नगरपालिकाभित्रका २३ विद्यालयका विद्यार्थीको सहभागिता रहेको प्रतियोगितामा नेपाली र अंग्रेजी विषयअन्तर्गत विभिन्न तहका विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए।

    IMG-20260802-WA0020.jpg

    उक्त प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रममा बाटिका स्कुलका प्राचार्य युवराज बस्ताकोटीले स्वागत मन्तव्य व्यक्त गर्दै हस्तलेखन प्रतियोगिताले विद्यार्थीमा अनुशासन, सिर्जनशीलता र व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने बताए। उनले नियमित अभ्यासबाट सुन्दर हस्तलेखनसँगै आत्मविश्वास पनि अभिवृद्धि हुने धारणा राखे।

    कार्यक्रम प्याब्सन नागार्जुनका अध्यक्ष वासुदेव घिमिरेको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा प्याब्सन काठमाडौंका उपाध्यक्ष डी.बी. ढकाल, जिल्ला सदस्य जयराम चापागाईं, गोविन्द पङ्गिनी, बोधिबृक्षका निर्देशक माधव, वडा सदस्य रामप्रसाद खनाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रम सञ्चालन प्रकाश श्रेष्ठले गरेका थिए।

    IMG-20260802-WA0027~2.jpg

    उपाध्यक्ष डी.बी. ढकालले हस्तलेखन प्रतियोगिताले विद्यार्थीमा अध्ययनप्रतिको रुचि, धैर्यता र सिर्जनात्मक क्षमता विकास गर्न सहयोग पुग्ने बताउँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए। त्य्स्तै वडा सदस्य रामप्रसाद खनालले विद्यालयहरूले अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीको सर्वाङ्गीण विकासमा खेलेको भूमिका प्रशंसनीय रहेको बताए।

    प्रतियोगिताको नतिजाअनुसार अंग्रेजी विषय (कक्षा १) तर्फ सभ्यता पाठशालाले प्रथम, नागार्जुन भ्याली एकेडेमीले द्वितीय, मण्डला इन्टरनेसनल स्कुलले तृतीय तथा द एक्सेल पब्लिक स्कुलले चतुर्थ स्थान हासिल गरे।

    IMG-20260802-WA0055.jpg

    त्यसैगरी नेपाली विषय (कक्षा २) तर्फ सभ्यता पाठशालाले प्रथम, ज्योति एकेडेमीले द्वितीय, चेतना सदन स्कुलले तृतीय तथा इलेन मेमोरियल स्कुलले चतुर्थ स्थान प्राप्त गरे।

    प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र चतुर्थ स्थान हासिल गर्ने विद्यार्थीलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो भने सहभागी सबै विद्यार्थीलाई सहभागिताको प्रमाणपत्र वितरण गरिएको आयोजकले जनाएको छ।

    IMG-20260802-WA0075.jpg

    कार्यक्रमले विद्यार्थीमा सुन्दर हस्तलेखनको विकाससँगै भाषा सिकाइप्रतिको रुचि अभिवृद्धि गर्ने विश्वास आयोजकले व्यक्त गरेको छ।

    IMG-20260802-WA0068.jpg

    images
    सोमवार, श्रावण १८ २०८३०५:३१:३६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार