Aug 14 2026 | २०८३, श्रावण २९ गते

परिमार्जित नयाँ पाठ्यक्रम र पाठ्यपुस्तक शैक्षिक सत्र २०८४ देखि लागू हुने

परिमार्जित नयाँ पाठ्यक्रम र पाठ्यपुस्तक शैक्षिक सत्र २०८४ देखि लागू हुने

  • 240
    SHARES

  • परिमार्जित नयाँ पाठ्यक्रम र पाठ्यपुस्तक शैक्षिक सत्र २०८४ देखि लागू हुने

    ​सानोठिमी, भक्तपुर। शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले आगामी शैक्षिक सत्र २०८४ देखि विद्यालय तहका विभिन्न कक्षामा परिमार्जित नयाँ पाठ्यक्रम र नयाँ पाठ्यपुस्तक लागू गर्ने भएको छ। केन्द्रले एक सूचना जारी गर्दै सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइ, सबै स्थानीय तह र सरोकारवालाहरूलाई तोकिएको समयमै यसको प्रभावकारी कार्यान्वयन गराउन आग्रह गरेको हो।

    ​पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को सिफारिस र मन्त्रालयको निर्णयानुसार स्वीकृत सामाजिक अध्ययन विषयको कक्षा ४-१२ को नयाँ पाठ्यक्रमका आधारमा तयार पारिएका कक्षा ५, ८, १०, र १२ का नयाँ पाठ्यपुस्तकहरू शैक्षिक सत्र २०८४ देखि पठनपाठनमा ल्याइने भएको हो।

    ​त्यसैगरी, प्रारम्भिक बालविकास र आधारभूत तहको सिकाइलाई अझ व्यवहारिक र समयसापेक्ष बनाउने उद्देश्यले स्वीकृत 'आधारभूत तह कक्षा १–३ को परिमार्जित पाठ्यक्रम २०८२' तथा 'प्रारम्भिक बालविकास तथा शिक्षाको परिमार्जित पाठ्यक्रम २०८२' समेत शैक्षिक सत्र २०८४ बाटै लागू हुने केन्द्रले जनाएको छ।

    ​पाठ्यक्रम अधिकृत कुमार घिमिरेका अनुसार, आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम र पाठ्यपुस्तक बमोजिम अध्ययन-अध्यापनको व्यवस्था मिलाउन सबै स्थानीय तह र विद्यालयहरूलाई पूर्वतयारीका लागि यो जानकारी गराइएको हो।

    FB_IMG_1785742887112.jpg

    images
    सोमवार, श्रावण १८ २०८३०८:२०:५१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार