Oct 02 2026 | २०८३, आश्विन १६ गते

बुढानीलकण्ठ नगरपालिकाद्वारा जाजरकोटको दुर्गम विद्यालयलाई शैक्षिक सामग्री सहयोग

बुढानीलकण्ठ नगरपालिकाद्वारा जाजरकोटको दुर्गम विद्यालयलाई शैक्षिक सामग्री सहयोग

  • 241
    SHARES

  • बुढानीलकण्ठ नगरपालिकाद्वारा जाजरकोटको दुर्गम विद्यालयलाई शैक्षिक सामग्री सहयोग

    काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाले जाजरकोटको कुशे गाउँपालिका–२ स्थित श्री लाइफ फ्युचर आधारभूत विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ।

    नगरपालिकाले विद्यालयका विद्यार्थीका लागि विद्यालय झोला, कापी, कलमलगायतका शैक्षिक सामग्री उपलब्ध गराएको हो। नगर प्रमुख मिठाराम अधिकारी, प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला तथा शिक्षा, युवा तथा खेलकुद महाशाखाका उपसचिव ललित विक्रम सिंहले विद्यालयका प्रधानाध्यापक हरिभक्त नेपालीलाई उक्त सामग्री हस्तान्तरण गर्नुभएको थियो।

    FB_IMG_1785814045191.jpg

    दुर्गम क्षेत्रका विद्यार्थीहरूको सिकाइलाई प्रभावकारी बनाउने, विद्यालयमा नियमित उपस्थितिका लागि प्रोत्साहित गर्ने तथा आर्थिक रूपमा कमजोर परिवारका विद्यार्थीलाई शैक्षिक सामग्रीको अभाव हुन नदिने उद्देश्यले सहयोग गरिएको नगरपालिकाले जनाएको छ।

    नगरपालिकाका अनुसार आधारभूत शैक्षिक सामग्रीको अभावले विद्यार्थीको सिकाइमा असर पर्न सक्ने भएकाले सहयोगले उनीहरूको अध्ययनलाई सहज बनाउन योगदान पुग्ने अपेक्षा गरिएको छ।

    विद्यालय प्रशासनले बुढानीलकण्ठ नगरपालिकाको सहयोगप्रति आभार व्यक्त गर्दै उपलब्ध सामग्रीले विद्यार्थीहरूको सिकाइ वातावरण थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। साथै, यस किसिमको सहयोगले विद्यार्थीको नियमित विद्यालय उपस्थितिसँगै शैक्षिक उपलब्धिमा समेत सकारात्मक योगदान पुग्ने विद्यालयको अपेक्षा छ।

    images
    मंगलवार, श्रावण १९ २०८३०९:१६:११

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार