Oct 02 2026 | २०८३, आश्विन १६ गते

शिक्षा ऐनबारे सातै प्रदेशमा पुगेर शिक्षा सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय

शिक्षा ऐनबारे सातै प्रदेशमा पुगेर शिक्षा सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय

  • 229
    SHARES

  • शिक्षा ऐनबारे सातै प्रदेशमा पुगेर शिक्षा सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय

    काठमाडौं, ३० साउन । शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि सातै प्रदेशमा पुगेर शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावक तथा शिक्षा क्षेत्रका अन्य सरोकारवालासँग प्रत्यक्ष छलफल गर्ने भएको छ ।

    मन्त्रालयले सुरु गर्न लागेको ‘शिक्षा संवाद’ अभियानअन्तर्गत पहिलो कार्यक्रम शनिबार विराटनगरमा आयोजना हुँदैछ । विराटनगरस्थित आदर्श माध्यमिक विद्यालयमा बिहान ११ बजे कार्यक्रम आयोजना गर्न लागिएको हो ।

    अभियानअन्तर्गत कोशी प्रदेशको विराटनगर, मधेस प्रदेशको जनकपुर, बागमती प्रदेशको हेटौँडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा कार्यक्रम सञ्चालन गरिने मन्त्रालयले जनाएको छ ।

    कार्यक्रममा शिक्षा मन्त्रालयका मन्त्रीका सल्लाहकार शैलेन्द्र झा र विद्यालय महाशाखा प्रमुख शिव सापकोटालगायत सहभागी हुनेछन् । छलफलका क्रममा स्थानीय तहका शिक्षा प्रतिनिधि, शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावक तथा अन्य शिक्षा सरोकारवालाका सुझाव र धारणा संकलन गरिनेछ ।

    प्रस्तावित शिक्षा ऐन निर्माण प्रक्रियालाई थप सहभागितामूलक बनाउँदै प्रदेश तथा स्थानीय तहबाट प्राप्त सुझावलाई नीति निर्माणमा समेट्ने उद्देश्यले ‘शिक्षा संवाद’ अभियान सञ्चालन गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

    images
    शनिवार, श्रावण ३० २०८३०८:२७:३८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार