Oct 02 2026 | २०८३, आश्विन १६ गते

शिक्षामन्त्री पोखरेलसँग इयूका राजदूतको शिष्टाचार भेटवार्ता

शिक्षामन्त्री पोखरेलसँग इयूका राजदूतको शिष्टाचार भेटवार्ता

  • 168
    SHARES

  • शिक्षामन्त्री पोखरेलसँग इयूका राजदूतको शिष्टाचार भेटवार्ता

    काठमाडौँ, १ भदौ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि युरोपेली सङ्घ (इयू) का राजदूत भेरोनिक लोरेन्जोले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा सोमबार भएको भेटमा नेपाल र इयूबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध, शिक्षा क्षेत्रमा हुँदै आएको सहकार्य तथा आगामी दिनमा सहकार्य विस्तार गर्न सकिने क्षेत्रका विषयमा छलफल भएको हो ।

    भेटमा मन्त्री पोखरेलले विद्यालय शिक्षाको सुधारका लागि मन्त्रालयले विभिन्न नीतिगत तथा संरचनागत सुधारका काम अघि बढाइरहेको जानकारी दिनुभयो । उहाँले विद्यालय शिक्षासम्बन्धी महत्वपूर्ण नीतिगत दस्तावेजका रूपमा शिक्षा ऐन तथा प्राविधिक तथा व्यावसायिक शिक्षा ऐन अघि बढाइएको र सुधार गर्नुपर्ने विषयलाई समेत समेट्ने गरी काम भइरहेको बताउनुभयो ।

    मन्त्री पोखरेलले राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनको कामसमेत अघि बढिरहेको जानकारी दिनुभयो । प्राविधिक तथा व्यावसायिक शिक्षामा सुशासन सुधार, कार्यकारी भूमिकासम्बन्धी विद्यमान द्विविधाको अन्त्य, शिक्षकको पेसागत विकास तथा डिजिटल शिक्षाका क्षेत्रमा पनि मन्त्रालयले प्राथमिकताका साथ काम गरिरहेको उहाँले बताउनुभयो ।

    मन्त्रालयले अघि सारेका शिक्षा क्षेत्रका सुधारका विषयमा उपयुक्त सन्दर्भमा इयूसँग सहकार्य गर्न नेपाल तयार रहेको मन्त्री पोखरेलले उल्लेख गर्नुभयो । उहाँले प्रारम्भिक बाल विकास (इसिडी) शिक्षकलाई प्रारम्भिक अटिजम पहिचान तथा स्क्रिनिङसम्बन्धी तालिम दिने कार्यलाई समेत मन्त्रालयले प्राथमिकतामा राखेको जानकारी दिनुभयो । यस क्षेत्रमा इयूसँगको सहकार्यलाई आगामी दिनमा निरन्तरता दिने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

    भेटका क्रममा इयूका राजदूत लोरेन्जोले नेपालको शिक्षा क्षेत्रसँगको सहकार्य इयूका लागि महत्वपूर्ण प्राथमिकतामध्ये एक रहेको बताउनुभयो । उहाँले शिक्षा क्षेत्रमा हुँदै आएको सहयोगलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    राजदूत लोरेन्जोले इयूले नेपालको शिक्षा क्षेत्रको सन् २०२८ देखि २०३४ सम्मको सुधारका लागि आवश्यक फ्रेमवर्कमा काम गरिरहेको जानकारी दिनुभयो । विद्यालय शिक्षा, प्राविधिक तथा व्यावसायिक शिक्षा, डिजिटल शिक्षा र शिक्षकको पेसागत विकासका क्षेत्रमा आगामी दिनमा सहकार्य गर्न इयू तयार रहेको उहाँले बताउनुभयो ।

    images
    सोमवार, भाद्र १ २०८३०४:५९:२०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार