Oct 02 2026 | २०८३, आश्विन १६ गते

बाढीपीडितको राहतका लागि प्याब्सनको अपिल, राहत कोषमा सहयोग गर्न आग्रह

बाढीपीडितको राहतका लागि प्याब्सनको अपिल, राहत कोषमा सहयोग गर्न आग्रह

  • 160
    SHARES

  • बाढीपीडितको राहतका लागि प्याब्सनको अपिल, राहत कोषमा सहयोग गर्न आग्रह

    काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित विद्यालय, विद्यार्थी, अभिभावक तथा नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि सहयोग गर्न अपिल गरेको छ।

    प्याब्सनको प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापन विभागले भाद्र १० गते आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा प्याब्सनअन्तर्गतका करिब ५ वटा सदस्य विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएको र करिब १ हजार ५०० विद्यार्थी तथा अभिभावक प्रभावित भएको जनाएको छ।

    प्याब्सनले देशभरका पालिका, जिल्ला, प्रदेश तथा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा सदस्य विद्यालयहरूलाई स्वेच्छिक आर्थिक सहयोग ‘प्याब्सन राहत कोष’ मा जम्मा गरिदिन अनुरोध गरेको छ। संकलित राहत रकमबाट प्रभावित क्षेत्रका सदस्य विद्यालयलाई अवस्था हेरी पुनः सञ्चालनयोग्य बनाउन सहयोग गर्ने तथा प्रभावित विद्यार्थी, अभिभावक र अन्य पीडित परिवारलाई राहत उपलब्ध गराउने प्याब्सनले जनाएको छ। साथै, संकलित रकममध्ये एकमुष्ट सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा समेत जम्मा गरिने बताइएको छ।

    प्याब्सनले विपद्को कठिन घडीमा सहयोग, सहकार्य र एकताका माध्यमबाट प्रभावित विद्यालय परिवार तथा नागरिकलाई राहत पुर्‍याउन सकिने भन्दै सम्पूर्ण सदस्यहरूलाई मानवीय अभियानमा सक्रिय सहभागिताका लागि अपिल गरेको छ।

    प्याब्सनका प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापन विभागका संयोजक एवं उपाध्यक्ष रविन्स शर्माले विपद्मा परेकालाई सहयोग गर्न सबैलाई हातेमालो गर्न आग्रह गरेका छन्।

    प्याब्सनले राहत सहयोग PABSON RELIEF FUND को खातामा जम्मा गर्न अनुरोध गरेको छ। खाताको विवरणअनुसार टर्मिनल नम्बर 2222440019726799 र बैंक शाखा कमलादी (090) रहेको छ।

    FB_IMG_1787822578977.jpg

    images
    बिहिवार, भाद्र ११ २०८३०७:४६:१४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार