Oct 02 2026 | २०८३, आश्विन १६ गते

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनाको लागि एन–प्याब्सनले सहयोग गर्ने

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनाको लागि एन–प्याब्सनले सहयोग गर्ने

  • 903
    SHARES

  • भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनाको लागि एन–प्याब्सनले सहयोग गर्ने

    काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) ले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिक, विद्यार्थी तथा विद्यालय परिवारको उद्धार, राहत र पुनःस्थापनाका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। एन–प्याब्सनले २०८३ भदौ १० गते बुधबार भोटेकोशी नदीमा आएको अकस्मात् बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लाका तटीय क्षेत्रमा भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ। बाढीमा ज्यान गुमाएका नेपाली तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ।

    बाढीबाट विद्यार्थी, शिक्षक तथा विद्यालय परिवारसमेत प्रभावित भएको र कतिपय विद्यालय तथा शैक्षिक संरचनामा क्षति पुगेको भन्दै एन–प्याब्सनले विशेष चिन्ता व्यक्त गरेको छ। प्रभावित विद्यालयको शैक्षिक गतिविधि पुनः सुचारु गर्न आवश्यक समन्वय तथा सहयोग गर्ने संघले जनाएको छ।

    एन–प्याब्सनले प्रभावित विद्यालय परिवार तथा समुदायलाई आवश्यक सहयोग उपलब्ध गराउन सम्बन्धित प्रदेश तथा जिल्ला तहका एन–प्याब्सन र सरकारी निकायसँग समन्वय गरी सक्दो सहयोगको पहल गर्ने जनाएको छ। संघका अनुसार विपद्पछि विद्यालयको शैक्षिक गतिविधि पुनः सञ्चालन गर्नुका साथै प्रभावित विद्यार्थी, शिक्षक तथा परिवारलाई आवश्यक सहयोग पुर्‍याउन सहकार्य गरिनेछ।

    विपद्को यस कठिन समयमा मानवीय संवेदना, उद्धार, राहत र पुनःस्थापनालाई पहिलो प्राथमिकता दिन सरकार, स्थानीय तह, सुरक्षा निकाय, सामाजिक संघसंस्था, समुदाय तथा नागरिक समाजलाई एकताबद्ध भएर परिचालित हुन एन–प्याब्सनले आह्वान गरेको छ।

    त्यसैगरी, नेपाल भ्रमणमा रहेका नेपाली तथा विदेशी पर्यटकसमेत बाढीबाट प्रभावित भएको घटनाप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाएका तथा बेपत्ता भएका स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली तथा परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ।

    अध्यक्ष सुवास न्यौपाने र महासचिव प्रकाश चन्द्र खड्काद्वारा जारी प्रेस विज्ञप्तिमार्फत एन–प्याब्सनले विपद्को समयमा सबैलाई सुरक्षित रहन तथा विपद्मा परेका नागरिकलाई मनदेखि नै सक्दो सहयोग गर्न अपिल गरेको छ।

    1787839080483.jpg

    images
    बिहिवार, भाद्र ११ २०८३०८:०६:१३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार