Oct 02 2026 | २०८३, आश्विन १६ गते

भोटेकोसी बाढी– २४१ विद्यार्थी र १५ शिक्षक सम्पर्कविहीन

भोटेकोसी बाढी– २४१ विद्यार्थी र १५ शिक्षक सम्पर्कविहीन

  • 280
    SHARES

  • भोटेकोसी बाढी– २४१ विद्यार्थी र १५ शिक्षक सम्पर्कविहीन

    काठमाडौं । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि रसुवा र नुवाकोटबाट २४१ विद्यार्थी र १५ शिक्षक सम्पर्कविहीन भएको तथ्यांक सार्वजनिक भएको छ ।

    शिक्षा तथा खेलकुद मन्त्रालयका प्रवक्ता श्रीप्रसाद भट्टराईका अनुसार बाढीमा परेर विद्यार्थी र शिक्षक सम्पर्कविहीन भएको विवरण प्राप्त भएको हो । यद्यपि, सम्पर्कविहीनमध्ये सबै रसुवा र नुवाकोटकै बासिन्दा भने नरहेको उनले स्पष्ट पारे ।

    उनका अनुसार केही व्यक्ति अन्य जिल्लाबाट गोसाइँकुण्ड तथा मानसरोवरतर्फ जाने क्रममा प्रभावित क्षेत्रमा पुगेका हुन सक्ने भएकाले सम्पर्कविहीनको संख्या अझै थपघट हुन सक्नेछ ।

    यसैबीच, बाढीबाट क्षतिग्रस्त तथा जोखिममा रहेका विद्यालयलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने विषयमा विद्यालय सञ्चालक र प्रधानाध्यापकहरूसँग छलफल भइरहेको मन्त्रालयले जनाएको छ ।

    भौतिक रूपमा प्रभावित नभएका विद्यालय सञ्चालनमा ल्याउने, बाढी प्रभावित विद्यार्थीलाई काउन्सिलिङ गर्ने तथा उनीहरूको शैक्षिक मनोबल पुरानै अवस्थामा फर्काउने कार्यक्रम सञ्चालन गर्ने तयारीसमेत भइरहेको प्रवक्ता भट्टराईले बताए ।

    बाढी प्रभावित क्षेत्रका विद्यार्थीलाई सहज बनाउन विभिन्न विश्वविद्यालयले परीक्षा तथा अन्य शैक्षिक गतिविधिसमेत स्थगित गरेका छन् । त्रिभुवन, पोखरा, सुदूरपश्चिम र पूर्वाञ्चल विश्वविद्यालयले परीक्षा तथा छात्रवृत्तिसम्बन्धी गतिविधि स्थगित गरेका छन् । पोखरा र पूर्वाञ्चल विश्वविद्यालयले भदौ ११ गतेदेखि हुने स्नातक तहका परीक्षा पनि स्थगित गरेका छन् ।

    images
    सोमवार, भाद्र १५ २०८३०६:४६:३४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार