Oct 02 2026 | २०८३, आश्विन १६ गते

विपद् पीडितको राहतका लागि एरिष्टो इंग्लिश हाई स्कुलले गर्‍यो ३ लाखभन्दा बढी सहयोग

विपद् पीडितको राहतका लागि एरिष्टो इंग्लिश हाई स्कुलले गर्‍यो ३ लाखभन्दा बढी सहयोग

  • 146
    SHARES

  • विपद् पीडितको राहतका लागि एरिष्टो इंग्लिश हाई स्कुलले गर्‍यो ३ लाखभन्दा बढी सहयोग

    धनगढी । देशमा आएको विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले धनगढीस्थित एरिष्टो इंग्लिश हाई स्कुलले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. ३ लाख १ हजार १११ सहयोग गरेको छ।

    विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार विद्यार्थी, शिक्षक–कर्मचारी र विद्यालयको तर्फबाट उक्त रकम संकलन गरिएको हो। संकलित रकममध्ये विद्यार्थीबाट रु. ५४ हजार ९२५, शिक्षक–कर्मचारीबाट रु. १ लाख २५ हजार र विद्यालयको तर्फबाट रु. १ लाख २१ हजार १८६ रहेको विद्यालयले जनाएको छ।

    विद्यालयका अनुसार विद्यार्थीहरूले स्वेच्छिक रूपमा सहयोग गरेका हुन्। उनीहरूलाई कुनै निश्चित वा अनिवार्य रकम तोकिएको थिएन।

    विद्यालयका गणित शिक्षक तेजराज कापडीले सहयोग रकम आर्थिक सहयोगमा मात्र सीमित नभई विद्यार्थीमा मानवीय संवेदना, सामाजिक उत्तरदायित्व र सहयोगको संस्कार विकास गर्ने माध्यमसमेत भएको बताउनुभयो।

    विद्यालयकी म्यानेजिङ डाइरेक्टर शान्ति अधिकारी र प्रिन्सिपल हरि क्षेत्री बुढाथोकीले विपद्मा परेका परिवारप्रति ऐक्यबद्धता जनाउँदै आपसी मतभेद बिर्सेर राहत तथा उद्धारमा एकजुट हुन सबैलाई आग्रह गर्नुभएको छ।

    विद्यालयले ‘विपद् साझा पीडा हो, सहयोग साझा दायित्व’ भन्ने सन्देशसहित विपद्का समयमा सामाजिक उत्तरदायित्व निर्वाह गर्न सबैमा अपिल गरेको छ।

    images
    बुधवार, भाद्र १७ २०८३०८:०४:३९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार