Oct 02 2026 | २०८३, आश्विन १६ गते

भोटेकोशी बाढीपीडितलाई ज्ञानमाला हाइस्कुलद्वारा १ लाख ५१ हजार राहत सहयोग

भोटेकोशी बाढीपीडितलाई ज्ञानमाला हाइस्कुलद्वारा १ लाख ५१ हजार राहत सहयोग

  • 719
    SHARES

  • भोटेकोशी बाढीपीडितलाई ज्ञानमाला हाइस्कुलद्वारा १ लाख ५१ हजार राहत सहयोग

    काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि काठमाडौँको बौद्धस्थित ज्ञानमाला इङ्लिस हाइस्कुलले रु १ लाख ५१ हजार १११ आर्थिक सहयोग गरेको छ।

    प्राकृतिक विपत्तिमा परेका नागरिकलाई राहत पु¥याउने उद्देश्यले विद्यालय व्यवस्थापन, प्रशासन, शिक्षक, कर्मचारी तथा विद्यार्थीको स्वतःस्फूर्त सहभागितामा उक्त रकम सङ्कलन गरिएको विद्यालयले जनाएको छ। सङ्कलित रकम काठमाडौँ प्याब्सनको आधिकारिक बैंक खातामा जम्मा गरिएको छ। प्याब्सनमार्फत उक्त रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा हस्तान्तरण गरिने जनाइएको छ।

    विद्यालयका प्रिन्सिपल अनिलकुमार सुब्बाले विपद्को कठिन घडीमा पीडित नागरिकलाई सहयोग गर्नु शिक्षण संस्थाको सामाजिक दायित्व भएको बताउनुभयो। राहत अभियानमार्फत विद्यार्थीमा सेवाभाव, मानवीय संवेदना र सामाजिक उत्तरदायित्वको भावना विकास गराउने उद्देश्य रहेको उहाँको भनाइ छ।

    विद्यालयले राहत सङ्कलन अभियानमा सक्रिय सहभागिता जनाउने शिक्षक, कर्मचारी, विद्यार्थी तथा अभिभावकप्रति आभार व्यक्त गरेको छ।

    images
    बिहिवार, भाद्र १८ २०८३०९:४२:३२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार