Oct 02 2026 | २०८३, आश्विन १६ गते

सान अन्तरविद्यालय नेपाली समाचार वाचन प्रतियोगिता सम्पन्न

सान अन्तरविद्यालय नेपाली समाचार वाचन प्रतियोगिता सम्पन्न

  • 644
    SHARES

  • सान अन्तरविद्यालय नेपाली समाचार वाचन प्रतियोगिता सम्पन्न

    काठमाडौं । स्कुल एसोसिएसन अफ नेपाल (सान) [Schools' Association of Nepal (SAN)] को आयोजनामा अन्तरविद्यालय नेपाली समाचार वाचन प्रतियोगिता सम्पन्न भएको छ। बनस्थलिस्थित अन्नपूर्ण विद्या सदनको प्राङ्गणमा आइतबार सम्पन्न प्रतियोगितामा १४ विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो।

    IMG-20260906-WA0032.jpg

    विद्यार्थीहरूमा नेपाली भाषा, समाचार वाचन, प्रस्तुतीकरण तथा सञ्चार सीपको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ। प्रतियोगितामा सहभागी विद्यार्थीहरूले समसामयिक विषयवस्तुमा आधारित समाचार प्रस्तुत गर्दै आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए।

    IMG-20260906-WA0003~2.jpg

    प्रतियोगितामा प्रसिद्ध मोडल स्कुलकी रिया थापा प्रथम भइन्। टाइम्स इलिमेन्ट्री स्कुलकी समृद्धि ढकाल दोस्रो तथा ब्राइट फिल्ड स्कुल–अभ्यास पाठशालाकी सुनामी लामा तेस्रो भइन्।

    IMG-20260906-WA0134.jpgIMG-20260906-WA0128.jpg

    त्यस्तै, एनआईसी एकेडेमीकी समृद्धि शाक्यले सान्त्वना, कामना इन्टरनेसनल स्कुल/कलेजकी कृपा पाण्डेले सान्त्वना प्रथम र द सनसाइन स्कुल/कलेजकी प्रजिना कँडेलले सान्त्वना दोस्रो स्थान हासिल गरिन्।

    IMG-20260906-WA0120.jpgIMG-20260906-WA0114.jpg

    कार्यक्रमको सभापतित्व SAN का अध्यक्ष दिलीप रेग्मीले गरेका थिए। अध्यक्ष रेग्मीले विद्यार्थीको प्रतिभा प्रस्फुटनसँगै उनीहरूमा सञ्चार तथा प्रस्तुतीकरण सीप विकास गर्न विद्यालय तहमा यस्ता प्रतियोगिताको महत्त्व रहेको बताए।

    IMG-20260906-WA0125.jpg

    कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ पत्रकार, साहित्यकार तथा गोरखापत्र दैनिकका पूर्व प्रधान सम्पादक एवं नेपाल स्रष्टा समाजका अध्यक्ष ओम श्रेष्ठले विद्यार्थीमा नेपाली भाषा र समाचारप्रतिको रुचि बढाउन प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे। उनले समाचार वाचनसँगै विद्यार्थीले तथ्य बुझ्ने, सही सूचना छनोट गर्ने र जिम्मेवार ढंगले प्रस्तुत गर्ने क्षमता विकास गर्नुपर्नेमा जोड दिए।

    IMG-20260906-WA0083.jpg

    सानका सचिव बाबुराम गौतमले विद्यार्थीलाई विद्यालयको नियमित अध्ययनसँगै सिर्जनात्मक तथा व्यावहारिक सिकाइका अवसर प्रदान गर्न प्रतियोगिता आयोजना गरिएको बताए। यस्ता गतिविधिले विद्यार्थीको आत्मविश्वास र सार्वजनिक अभिव्यक्ति क्षमता बढाउन सहयोग पुग्ने उनको भनाइ थियो।

    IMG-20260906-WA0087.jpg

    अन्नपूर्ण विद्या सदनका प्रिन्सिपल तथा सानका उपाध्यक्ष प्रकाश मरासिनीले आफ्नो विद्यालयमा प्रतियोगिता आयोजना गर्ने अवसर दिएकोमा सान परिवारप्रति आभार व्यक्त गरे। उनले यस्ता रचनात्मक तथा प्रतिस्पर्धात्मक कार्यक्रमले विद्यार्थीको बहुआयामिक व्यक्तित्व विकासमा योगदान पुर्‍याउने बताए। उक्त प्रतियोगिताको औपचारिक कार्यक्रममा स्वागत मन्तव्य सानका सहसचिव रोसन घिमिरेले गरे।

    IMG-20260906-WA0100.jpg

    प्रतियोगिताको निर्णायक मण्डलमा वरिष्ठ पत्रकार तथा १२खरी डटकमका सम्पादक राजेश खनाल र वरिष्ठ पत्रकार प्रदीप सापकोटा रहेका थिए। निर्णायकहरूले विद्यार्थीको भाषा, उच्चारण, प्रस्तुतीकरण, समाचारको भाव र आत्मविश्वासलगायत पक्षका आधारमा मूल्याङ्कन गरेका थिए।

    SAN ले आगामी दिनमा पनि विद्यार्थीको प्रतिभा विकास र सिर्जनात्मक क्षमतालाई प्रोत्साहन गर्ने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

    IMG-20260906-WA0013.jpgIMG-20260906-WA0168.jpg

    images
    सोमवार, भाद्र २२ २०८३१२:१७:२१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार