Oct 02 2026 | २०८३, आश्विन १६ गते

प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान

प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान

  • 189
    SHARES

  • प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान

    गोरखा — शहिद लखन गाउँपालिकाले गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ।

    गाउँ कार्यपालिकाको कार्यालयले शिक्षा नियमावली, २०५९ (संशोधनसहित) को नियम ९३ बमोजिम प्रधानाध्यापक नियुक्तिका लागि सूचना जारी गरेको हो। गाउँपालिकाले २०८३ भदौ ३० गते सूचना प्रकाशित गर्दै योग्य स्थायी शिक्षकलाई १५ दिनभित्र आवेदन दिन आग्रह गरेको छ।

    सूचनाअनुसार सम्बन्धित विद्यालयको सम्बन्धित तहमा कार्यरत स्थायी शिक्षकले प्रधानाध्यापक पदका लागि आवेदन दिन सक्नेछन्। सम्बन्धित तहको स्थायी शिक्षक सोही विद्यालयमा नरहेको अवस्थामा गाउँपालिकाभित्रका अन्य विद्यालयमा कार्यरत सम्बन्धित तहका स्थायी शिक्षकले समेत आवेदन दिन पाउने व्यवस्था गरिएको छ।

    आधारभूत तहको प्रधानाध्यापकका लागि सम्बन्धित तहको स्थायी शिक्षक भई स्नातक तह वा सोसरह उत्तीर्ण गरेको हुनुपर्नेछ। प्रमाणपत्र तह वा सोसरह उत्तीर्ण गरी तालिम प्राप्त र पाँच वर्ष स्थायी सेवा गरेको शिक्षकले पनि उम्मेदवारी दिन पाउने सूचनामा उल्लेख छ।

    त्यस्तै, माध्यमिक तहको प्रधानाध्यापकका लागि माध्यमिक तहको स्थायी शिक्षक तथा स्नातकोत्तर तह वा सोसरहको शैक्षिक योग्यता आवश्यक पर्नेछ। स्नातक तह वा सोसरह उत्तीर्ण गरी तालिम प्राप्त र पाँच वर्ष स्थायी सेवा गरेको शिक्षकले पनि उम्मेदवारी दिन सक्नेछन्।

    योग्यता पुगेका शिक्षकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजातसहित सम्बन्धित विद्यालयको व्यवस्थापन समिति वा विद्यालय प्रशासनसमक्ष निवेदन पेश गर्नुपर्ने गाउँपालिकाले जनाएको छ।

    तोकिएको योग्यता पुगेका शिक्षकबाट निर्धारित समयभित्र आवेदन नपरेमा वा आवेदन दिएका उम्मेदवारले तोकिएबमोजिम ६० अंक हासिल गर्न नसकेमा वैकल्पिक प्रक्रियाबाट प्रधानाध्यापक नियुक्ति गर्ने व्यवस्था सूचनामा उल्लेख गरिएको छ।

    FB_IMG_1789523931851.jpgFB_IMG_1789523933545.jpg

    images
    बुधवार, भाद्र ३१ २०८३०७:५३:१८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार