Oct 02 2026 | २०८३, आश्विन १६ गते

विपद्का कारण सम्पत्ति विवरण बुझाउन नसकेका शिक्षकलाई ३० दिनको म्याद थप

विपद्का कारण सम्पत्ति विवरण बुझाउन नसकेका शिक्षकलाई ३० दिनको म्याद थप

  • 195
    SHARES

  • विपद्का कारण सम्पत्ति विवरण बुझाउन नसकेका शिक्षकलाई ३० दिनको म्याद थप

    काठमाडौं । रसुवा–भोटेकोशी क्षेत्रमा गएको बाढीका कारण तोकिएको समयमा सम्पत्ति विवरण पेश गर्न नसकेका राष्ट्रसेवक कर्मचारी तथा शिक्षकलाई थप ३० दिनको समय दिइएको छ।

    राष्ट्रिय किताबखानाले सूचना जारी गर्दै विपद्का कारण प्रभावित क्षेत्रमा कार्यरत रही निर्धारित समयभित्र सम्पत्ति विवरण पेश गर्न नसकेका निजामती कर्मचारी, नेपाल प्रहरी तथा शिक्षकका लागि म्याद थप गरिएको जनाएको हो।

    गत भदौ १० गते रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण सरकारले उक्त क्षेत्रलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको थियो। सो क्षेत्रमा कार्यरत रही राष्ट्रिय किताबखानामा सम्पत्ति विवरण पेश गर्नुपर्ने कानुनी दायित्व भएका तर विपद्का कारण तोकिएको समयभित्र विवरण पेश गर्न नसकेका कर्मचारीलाई लक्षित गरी ३० दिनको म्याद थप गरिएको किताबखानाले जनाएको छ।

    थप गरिएको अवधिभित्र सम्पत्ति विवरण पेश गर्दा विपद्का कारण निर्धारित समयमा विवरण पेश गर्न नसकेको स्पष्ट व्यहोरा र कारण खुलाइएको सम्बन्धित कार्यालय प्रमुखबाट जारी आधिकारिक सिफारिसपत्र अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ।

    किताबखानाले विपद्बाट प्रभावित कर्मचारी तथा शिक्षकलाई थप गरिएको म्यादभित्र आवश्यक कागजातसहित सम्पत्ति विवरण पेश गर्न अनुरोध गरेको छ।

    images
    बिहिवार, आश्विन १ २०८३०७:१७:०७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार