Oct 02 2026 | २०८३, आश्विन १६ गते

तीन बर्षमै सानको अन्तर्राष्ट्रिय यात्रा : श्रीलंकामा शैक्षिक गोष्ठी, थाइल्यान्डमा साधारण सभा

तीन बर्षमै सानको अन्तर्राष्ट्रिय यात्रा : श्रीलंकामा शैक्षिक गोष्ठी, थाइल्यान्डमा साधारण सभा

  • 901
    SHARES

  • तीन बर्षमै सानको अन्तर्राष्ट्रिय यात्रा : श्रीलंकामा शैक्षिक गोष्ठी, थाइल्यान्डमा साधारण सभा

    तीन वर्षमै सानको अन्तर्राष्ट्रिय यात्रा : श्रीलंकामा शैक्षिक गोष्ठी, थाइल्यान्डमा साधारण सभा काठमाडौं । काठमाडौंका निजी विद्यालयका सञ्चालक तथा प्रधानाध्यापकहरूको संस्था स्कुल्स एसोसिएसन नेपाल (सान) स्थापना भएको तीन वर्षमै राष्ट्रिय गतिविधिसँगै अन्तर्राष्ट्रिय शैक्षिक मञ्चमा समेत आफ्नो उपस्थिति विस्तार गर्न सफल भएको छ।

    सानले श्रीलंकामा शैक्षिक गोष्ठी आयोजना गर्नुका साथै थाइल्यान्डमा वार्षिक साधारण सभा सम्पन्न गरेको छ। स्थापना भएको छोटो अवधिमै अन्तर्राष्ट्रियस्तरमा शैक्षिक गतिविधि विस्तार गर्नुलाई संस्थाको सक्रियता र संस्थागत विकासको महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।

    IMG-20260918-WA0004.jpg

    काठमाडौंमा रहेका विभिन्न विद्यालयका प्रधानाध्यापक तथा विद्यालय नेतृत्वमा रहेका व्यक्तिहरू आबद्ध सानले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि, अनुभव आदानप्रदान र नयाँ शैक्षिक अभ्यासको प्रवर्द्धनलाई आफ्नो गतिविधिको मुख्य आधार बनाउँदै आएको छ।

    सानको गतिविधि विद्यालय नेतृत्वमा मात्र सीमित छैन। विद्यार्थी केन्द्रित कार्यक्रम सञ्चालन गर्दै विभिन्न विद्यालयका विद्यार्थीलाई आफ्नो प्रतिभा, क्षमता र सिर्जनशीलता प्रस्तुत गर्ने साझा मञ्च निर्माण गर्ने उद्देश्यका साथ संस्थाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।

    IMG-20260918-WA0013.jpg

    विद्यार्थीका लागि शैक्षिकसँगै अतिरिक्त क्रियाकलापलाई प्राथमिकता दिँदै वक्तृत्वकला, हाजिरीजवाफ, खेलकुद, कला तथा सिर्जनात्मक गतिविधि, विज्ञान तथा प्रविधिसम्बन्धी कार्यक्रम, नेतृत्व विकास र प्रतिभा पहिचान जस्ता गतिविधिका लागि विद्यालयबीच सहकार्यको वातावरण बनाउने प्रयास सानले गर्दै आएको छ।

    विद्यालय तहमा हुने यस्ता कार्यक्रमले विद्यार्थीलाई कक्षाकोठाको सिकाइसँगै आफ्नो प्रतिभा र क्षमता प्रस्तुत गर्ने अवसर प्रदान गर्ने सानको विश्वास छ। विभिन्न विद्यालयका विद्यार्थीलाई एउटै मञ्चमा जोडेर प्रतिस्पर्धा, सहकार्य र अनुभव आदानप्रदानको वातावरण निर्माण गर्ने संस्थाको प्रयासले विद्यार्थीको समग्र विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    त्यस्तै, सानले शिक्षक तथा प्रधानाध्यापकको क्षमता विकास, शैक्षिक अनुभव आदानप्रदान, अन्तर्राष्ट्रिय शैक्षिक अभ्यासको अध्ययन तथा विद्यालयबीच सहकार्य विस्तारका कार्यक्रमलाई समेत निरन्तरता दिँदै आएको छ।

    संस्थामा आबद्ध विद्यालय, प्रधानाध्यापक, शिक्षक तथा सदस्यहरूको सहकार्य, लगानी र सक्रिय सहभागिताका कारण छोटो अवधिमै सानले विभिन्न शैक्षिक गतिविधि सञ्चालन गर्न सफल भएको संस्थाको भनाइ छ।

    विद्यार्थीको प्रतिभा पहिचानदेखि शिक्षकको क्षमता विकास र विद्यालय नेतृत्वबीच सहकार्य विस्तारसम्मका गतिविधिलाई एउटै छातामुनि जोड्दै सानले विद्यालय शिक्षाको समग्र विकासमा आफ्नो भूमिका विस्तार गर्दै लगेको छ।

    तीन वर्षको अवधिमा देशभित्रका शैक्षिक गतिविधिसँगै श्रीलंका र थाइल्यान्डसम्म पुगेको सानले आगामी दिनमा पनि विद्यार्थी, शिक्षक र विद्यालय नेतृत्वलाई केन्द्रमा राखेर थप शैक्षिक तथा अन्तर्राष्ट्रिय कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिएको जनाएको छ।

    images
    शुक्रवार, आश्विन २ २०८३०६:२३:५७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार