Oct 02 2026 | २०८३, आश्विन १६ गते

आफैंले पढेको विद्यालयमा नृत्य सिकाउँदै चाँदनी यादव

आफैंले पढेको विद्यालयमा नृत्य सिकाउँदै चाँदनी यादव

  • 376
    SHARES

  • आफैंले पढेको विद्यालयमा नृत्य सिकाउँदै चाँदनी यादव

    धनगढी । आफूले बाल्यकालमा अध्ययन गरेको विद्यालयमै अहिले नृत्य शिक्षिकाका रूपमा चाँदनी यादव विद्यार्थीलाई नृत्य सिकाउँदै आएकी छन्। प्ले ग्रुपदेखि कक्षा ५ सम्म न्यू एरा एकेडेमीमा अध्ययन गरेकी यादव अहिले त्यही विद्यालयमा विद्यार्थीलाई नृत्य तथा सांस्कृतिक कला सिकाउँदै आएकी हुन्।

    यादव हाल धनगढी नमुना उच्च माध्यमिक विद्यालयबाट आगामी चैतमा SEE परीक्षा दिने तयारीमा छिन्। आफ्नो अध्ययनलाई निरन्तरता दिँदै उनले नृत्य क्षेत्रलाई पनि अघि बढाइरहेकी छन्।

    विद्यालय समयपछि हरेक दिन बेलुका ४ बजेदेखि उनले न्यू एरा एकेडेमीका विद्यार्थीलाई नृत्यको अभ्यास गराउँदै आएकी छन्। आफूले सिकेको कला आफ्नै पुरानो विद्यालयका साना विद्यार्थीलाई सिकाउन पाउँदा चाँदनीका लागि यो केवल काम नभई विद्यालयसँगको आत्मीय सम्बन्ध जोड्ने अवसरसमेत बनेको छ।

    विद्यालयमा अध्ययन गर्दादेखि नै नृत्यमा रुचि राख्दै आएकी यादव अहिले नयाँ पुस्ताका विद्यार्थीको प्रतिभा प्रस्फुटन गराउने भूमिकामा छिन्। उनको प्रशिक्षणमा विद्यार्थीहरूले नृत्यसँगै अनुशासन, आत्मविश्वास, प्रस्तुति कला र समूहमा काम गर्ने सीपसमेत सिकिरहेका छन्।

    ‘जुन विद्यालयमा आफूले बाल्यकाल बिताएँ, त्यही विद्यालयमा अहिले विद्यार्थीलाई सिकाउन पाउँदा निकै खुशी लाग्छ,’ यादवले भनिन्।

    images
    शुक्रवार, आश्विन २ २०८३०८:०२:५२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार