Oct 02 2026 | २०८३, आश्विन १६ गते

चीनद्वारा बाढी प्रभावित बालबालिकाका लागि एक करोड १० लाख सहयोग

चीनद्वारा बाढी प्रभावित बालबालिकाका लागि एक करोड १० लाख सहयोग

  • 256
    SHARES

  • चीनद्वारा बाढी प्रभावित बालबालिकाका लागि एक करोड १० लाख सहयोग

    काठमाडौँ, ५ असोज । चीन सरकारले भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित बालबालिकाको सहयोगार्थ नेपाललाई एक करोड १० लाख रुपैयाँ सहयोग गरेको छ ।

    नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले सोमबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई मन्त्रालयमा उक्त सहयोग रकमको चेक हस्तान्तरण गर्नुभयो ।

    चेक हस्तान्तरण कार्यक्रममा मन्त्री पोखरेलले विपत्तिको समयमा चीनले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि दुई देशबीच आवश्यक समन्वय र सहकार्य जारी रहने विश्वास व्यक्त गर्नुभयो ।

    राजदूत चाङले नेपालको सुख–दुःखमा चीन सदैव साथमा रहने बताउनुभयो । उहाँले बाढीबाट प्रभावित बालबालिकालाई प्रत्यक्ष सहयोग पुग्ने गरी उक्त रकम उपलब्ध गराइएको जानकारी दिनुभयो ।

    images
    सोमवार, आश्विन ५ २०८३०६:०३:००

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार