Oct 02 2026 | २०८३, आश्विन १६ गते

सिन्धुलीमा चार शिक्षक–कर्मचारीको राजनीतिक संलग्नता देखिएको भन्दै कारबाही गर्न निर्देशन

सिन्धुलीमा चार शिक्षक–कर्मचारीको राजनीतिक संलग्नता देखिएको भन्दै कारबाही गर्न निर्देशन

  • 200
    SHARES

  • सिन्धुलीमा चार शिक्षक–कर्मचारीको राजनीतिक संलग्नता देखिएको भन्दै कारबाही गर्न निर्देशन

    काठमाडौं । शिक्षा विकास तथा समन्वय एकाइ, सिन्धुलीले जिल्लाका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी राजनीतिक दलका कार्यक्रममा सक्रिय रूपमा सहभागी भएको पाइए कारबाही गर्न सम्बन्धित स्थानीय तहलाई निर्देशन दिएको छ।

    एकाइले दुधौली नगरपालिका, सुनकोशी गाउँपालिका र तीनपाटन गाउँपालिकालाई पत्राचार गर्दै सामाजिक सञ्जाललगायत विभिन्न माध्यमबाट शिक्षक तथा कर्मचारी राजनीतिक दलका कार्यक्रममा सहभागी भएको जानकारी प्राप्त भएको जनाएको छ।

    एकाइ प्रमुख तथा उपसचिव दिनेश प्रसाद देवकोटाले जारी गरेको पत्रमा सामाजिक सञ्जालमा प्रकाशित सामग्रीका आधारमा चार जना शिक्षक तथा कर्मचारीको राजनीतिक गतिविधिमा संलग्नता देखिएको उल्लेख गरिएको छ।

    पत्रमा प्रेम प्रसाद भट्टराई, सर्वेश्वर कोइराला, अर्जुन कुमार गौतम र यतिराज तिमल्सिनाको नाम उल्लेख गरिएको छ। उनीहरूको गतिविधि शिक्षा नियमावली, २०५९ (दशौँ संशोधनसहित) मा उल्लिखित व्यवस्थाविपरीत हुने उल्लेख गर्दै सम्बन्धित स्थानीय तहलाई प्रचलित कानुनअनुसार आवश्यक कारबाही गर्न अनुरोध गरिएको छ।

    एकाइले स्थानीय तहअन्तर्गतका विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी राजनीतिक दलका विभिन्न कार्यक्रममा सहभागी भए/नभएको सम्बन्धमा आवश्यक निगरानी गर्नसमेत निर्देशन दिएको छ। त्यसैगरी, शिक्षक तथा कर्मचारीको राजनीतिक गतिविधिसम्बन्धी विषयमा गरिएको कारबाहीबारे शिक्षा विकास तथा समन्वय एकाइलाई अविलम्ब जानकारी गराउन पत्रमार्फत भनिएको छ।

    पत्रको बोधार्थ शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गतको शिक्षा विभागलाई समेत दिइएको छ। विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले प्रचलित कानुन र आचरणसम्बन्धी व्यवस्थाको पालना गर्नुपर्नेमा एकाइले जोड दिएको छ।

    images
    मंगलवार, आश्विन ६ २०८३०७:०९:०३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार