बुधवार, आश्विन ७ २०८३
चितवन । शिक्षा विकास तथा समन्वय एकाइ, चितवनले सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीलाई राजनीतिक गतिविधिमा संलग्न नहुन निर्देशन दिएको छ।
एकाइले शिक्षा ऐन तथा शिक्षा नियमावलीमा रहेको कानुनी व्यवस्थाअनुसार राजनीतिक दलको कार्यकारिणी समितिमा सदस्य रहेको पाइएमा पदबाट हटाइने र पदिय आचरणविपरीत गतिविधिमा संलग्न भए नियमानुसार कारबाही हुने जनाएको छ।
असोज ६ गते जारी सूचनामार्फत एकाइले कानुनी व्यवस्थाको पूर्ण पालना गर्न आग्रह गरेको हो।
