Oct 02 2026 | २०८३, आश्विन १६ गते

डा. सुनिल शर्माद्वारा धनकुटाको भारती माविलाई ३ करोड सहयोग, २ करोडको छात्रवृत्ति घोषणा

डा. सुनिल शर्माद्वारा धनकुटाको भारती माविलाई ३ करोड सहयोग, २ करोडको छात्रवृत्ति घोषणा

  • 145
    SHARES

  • डा. सुनिल शर्माद्वारा धनकुटाको भारती माविलाई ३ करोड सहयोग, २ करोडको छात्रवृत्ति घोषणा

    आफ्ना पुर्खा हजुरबुबा गुनलाल न्यौपाने र जिजुबुबा गणपति न्यौपानेको स्मृति तथा सम्मानलाई पुस्तौँसम्म जीवित राख्ने उद्देश्यले डा. शर्माले उक्त सहयोग गरेका हुन्। सहयोगपछि विद्यालयको नाम परिवर्तन गरी ‘श्री भारती गणपति गुनलाल न्यौपाने माध्यमिक विद्यालय’ कायम गरिएको छ।

    शिक्षामा आर्थिक अभावका कारण कुनै पनि प्रतिभाशाली विद्यार्थी उच्च शिक्षा हासिल गर्ने अवसरबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले आफूले निरन्तर प्रयास गरिरहेको डा. शर्माले बताए।

    FB_IMG_1790210680549.jpg

    “आर्थिक अभावकै कारण कुनै प्रतिभाशाली विद्यार्थी उच्च शिक्षा हासिल गर्ने अवसरबाट वञ्चित नहोस् भन्ने मेरो निरन्तर प्रयास रहनेछ। शिक्षामा गरिएको लगानी नै समाज परिवर्तनको सबैभन्दा दीर्घकालीन लगानी हो,” उनले भने, “चुङमाङ र आसपासका विद्यार्थीहरूको सपना पूरा गर्ने यात्रामा सानो भए पनि योगदान गर्न पाउँदा मलाई गर्व लागेको छ।”

    FB_IMG_1790210656340.jpg

    डा. शर्माको सहयोगले विद्यालयको शैक्षिक विकास तथा विद्यार्थीहरूको उच्च शिक्षा अध्ययनमा पहुँच विस्तार गर्न योगदान पुग्ने अपेक्षा गरिएको छ। साथै, छात्रवृत्ति सहयोगले आर्थिक रूपमा विपन्न तथा प्रतिभाशाली विद्यार्थीलाई अध्ययन निरन्तरता दिन सहयोग पुग्ने विश्वास गरिएको छ।

    images
    बिहिवार, आश्विन ८ २०८३०६:३२:३०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार