Oct 02 2026 | २०८३, आश्विन १६ गते

आधारभूत तहका विद्यार्थीबीच फुटसल प्रतिस्पर्धा

आधारभूत तहका विद्यार्थीबीच फुटसल प्रतिस्पर्धा

  • 270
    SHARES

  • आधारभूत तहका विद्यार्थीबीच फुटसल प्रतिस्पर्धा

    काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाले आधारभूत तहका विद्यार्थीको खेल प्रतिभा पहिचान तथा विकास गर्ने उद्देश्यले नगरपालिकास्तरीय फिफा प्रतियोगिता–२०८३ आयोजना गरेको छ।

    बुढानीलकण्ठ–२ स्थित मैदान एरिना फुटसलमा सुरु भएको प्रतियोगिताको उद्घाटन नगर उपप्रमुख अनिता लामाले रेफ्रीलाई बल हस्तान्तरण गरेर गर्नुभएको हो। प्रतियोगितामा नगर क्षेत्रभित्रका विभिन्न विद्यालयमा अध्ययनरत आधारभूत तहका विद्यार्थी खेलाडीले सहभागिता जनाएका छन्।

    FB_IMG_1790763198837.jpg

    शिक्षा, युवा तथा खेलकुद महाशाखाको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिता असोज १४ देखि १६ गतेसम्म जारी रहनेछ। प्रतियोगितामार्फत विद्यार्थीमा खेलकुदप्रतिको आकर्षण बढाउनुका साथै उनीहरूको प्रतिभा पहिचान र विकास गर्ने लक्ष्य राखिएको नगरपालिकाले जनाएको छ।

    उद्घाटन कार्यक्रममा शिक्षा तथा खेलकुद महाशाखा प्रमुख ललितविक्रम सिंह तथा खेलकुद विकास बोर्डका अध्यक्ष एवं बुढानीलकण्ठ–८ का वडाध्यक्ष सुमन तामाङको उपस्थिति रहेको थियो।

    FB_IMG_1790763205863.jpg

    प्रतियोगिताले विद्यार्थीलाई अनुशासन, स्वस्थ प्रतिस्पर्धा र सहकार्यको भावना विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। विद्यालय तहबाटै खेलाडीको प्रतिभा पहिचान गरी अवसर प्रदान गर्ने उद्देश्यले नगरपालिकाले प्रतियोगितालाई अघि बढाएको हो।

    FB_IMG_1790763213865.jpg

    images
    बुधवार, आश्विन १४ २०८३०५:०५:०३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार