Nov 20 2026 | २०८३, मंसिर ५ गते

वीरेन्द्रनगर नगरपालिकामा ७० जना करार शिक्षकका लागि आवेदन माग

वीरेन्द्रनगर नगरपालिकामा ७० जना करार शिक्षकका लागि आवेदन माग

  • 355
    SHARES

  • वीरेन्द्रनगर नगरपालिकामा ७० जना करार शिक्षकका लागि आवेदन माग

    सुर्खेत — वीरेन्द्रनगर नगरपालिकाले सामुदायिक विद्यालयका लागि ७० जना करार शिक्षक नियुक्त गर्न आवेदन माग गरेको छ। नगरपालिकाले विभिन्न तह र विषयमा शिक्षक बैंक निर्माण गरी करार शिक्षक नियुक्त गर्ने प्रयोजनका लागि दरखास्त आह्वान गरेको हो।

    नगरपालिकाले आ.व. २०८३/८४ को असार मसान्तसम्म करार, राहत अनुदान, संघीय अनुदान र नगर अनुदान शिक्षकको पदपूर्ति गर्न शिक्षक बैंक निर्माण गर्न लागेको जनाएको छ।

    नगरपालिकाले सार्वजनिक गरेको सूचनाअनुसार प्राथमिक तहमा एकीकृत विषयका लागि २० जना शिक्षक माग गरिएको छ। निम्न माध्यमिक तहमा नेपाली, अंग्रेजी, गणित, विज्ञान र सामाजिक विषयमा प्रत्येक विषयका १०/१० जना तथा माध्यमिक तह (९–१२) मा नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक, ऐच्छिक प्रथम र ऐच्छिक द्वितीय विषयमा प्रत्येक विषयका ५/५ जना शिक्षक आवश्यक रहेको छ।

    प्राथमिक तहका लागि रु. ५००, निम्न माध्यमिक तहका लागि रु. ७०० र माध्यमिक तहका लागि रु. १ हजार दरखास्त दस्तुर तोकिएको छ।

    सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र इच्छुक नेपाली नागरिकले आवश्यक कागजातसहित नगरपालिकाको कार्यालयमा आवेदन दिनुपर्नेछ।

    आवेदनसँग शैक्षिक योग्यताका प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, स्थायी अध्यापन अनुमतिपत्र, पासपोर्ट साइजका दुई प्रति फोटो, हस्तलिखित सक्कल निवेदन र राजस्व शाखामा दस्तुर बुझाएको रसिद पेस गर्नुपर्नेछ।

    शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम १० बमोजिम शिक्षक पदका लागि अयोग्य नभएका उम्मेदवारले आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ। परीक्षाको मिति भने पछि तोकिनेछ।

    1793111062938.jpg

    images
    मंगलवार, कार्तिक ११ २०८३०८:३४:४१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार