Nov 19 2026 | २०८३, मंसिर ४ गते

शिक्षक सेवा आयोगको १८औँ वार्षिक प्रतिवेदन शिक्षामन्त्रीसमक्ष पेश

शिक्षक सेवा आयोगको १८औँ वार्षिक प्रतिवेदन शिक्षामन्त्रीसमक्ष पेश

  • 544
    SHARES

  • शिक्षक सेवा आयोगको १८औँ वार्षिक प्रतिवेदन शिक्षामन्त्रीसमक्ष पेश

    काठमाडौं। शिक्षक सेवा आयोगले आफ्नो १८औँ वार्षिक प्रतिवेदन, २०८३ शिक्षा तथा खेलकुद मन्त्रीसमक्ष पेश गरेको छ।

    आयोगका अध्यक्ष डा. हरिप्रसाद लम्सालले आज शिक्षा तथा खेलकुद मन्त्रीसमक्ष उक्त प्रतिवेदन पेश गर्नुभएको हो।

    FB_IMG_1793695831159.jpg

    आर्थिक वर्ष २०८२/८३ मा आयोगबाट सम्पादन गरिएका प्रमुख कार्य, कार्यसम्पादनका क्रममा देखिएका समस्या तथा चुनौती र आगामी कार्यदिशालाई प्रतिवेदनमा समेटिएको छ। साथै आयोगका समग्र गतिविधि, कार्यप्रगति तथा हासिल भएका उपलब्धिहरूको विवरणसमेत प्रस्तुत गरिएको छ।

    प्रतिवेदन पेश गर्ने कार्यक्रममा आयोगका अध्यक्ष तथा सदस्यहरू, मन्त्रालयका सचिव, मन्त्रीका सल्लाहकार, सहसचिवहरू, प्रशासकीय प्रमुख तथा विभिन्न शाखाका प्रमुखहरूको उपस्थिति रहेको थियो।

    images
    मंगलवार, कार्तिक १८ २०८३०२:३४:३०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार