Nov 19 2026 | २०८३, मंसिर ४ गते

षडानन्द नगरपालिकाद्वारा शिक्षकलाई बढी भुक्तानी भएको स्थानीय भत्ता फिर्ता गर्न निर्देशन

षडानन्द नगरपालिकाद्वारा शिक्षकलाई बढी भुक्तानी भएको स्थानीय भत्ता फिर्ता गर्न निर्देशन

  • 190
    SHARES

  • षडानन्द नगरपालिकाद्वारा शिक्षकलाई बढी भुक्तानी भएको स्थानीय भत्ता फिर्ता गर्न निर्देशन

    ५ कात्तिक, भोजपुर । भोजपुरको षडानन्द नगरपालिकाले प्रचलित मापदण्डविपरीत सामुदायिक विद्यालयका शिक्षकलाई भुक्तानी भएको स्थानीय भत्ता रकम फिर्ता गर्न निर्देशन दिएको छ।

    नगरपालिकाले आर्थिक वर्ष २०८२ मा सामुदायिक विद्यालयका शिक्षकहरूलाई स्थानीय भत्ताबापत निकासा गरेको रकम महालेखा परीक्षक (मलेप) बाट परीक्षण हुँदा मापदण्डअनुसार पाउनुनपर्ने रकमसमेत भुक्तानी भएको प्रारम्भिक प्रतिवेदनमा उल्लेख भएपछि रकम असुलउपर गर्न निर्देशन दिएको हो।

    नगरपालिकाको कार्यालयले मंसिर १८ गते जारी गरेको पत्रमार्फत पालिकाअन्तर्गतका सबै सामुदायिक विद्यालयलाई सम्बन्धित शिक्षकबाट बढी भुक्तानी भएको रकम असुल गरी नगरपालिकामा दाखिला गर्न भनेको छ।

    नगरपालिकाले असुल गरिएको रकम दाखिला गरेको सक्कल बैंक भौचर वा प्रमाणित प्रतिलिपिसहितको विवरण कात्तिक मसान्तभित्र कार्यालयको लेखा शाखामा पेस गर्न आग्रह गरेको छ।

    रकम दाखिला गर्न नगरपालिकाको लेखा शाखाबाट भौचर सिर्जना गरी बैंकमा जम्मा गर्न वा भौचरबाट प्राप्त हुने क्यूआर कोडमार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ।

    नगरपालिकाले स्थानीय भत्ताको नाममा मापदण्डविपरीत भएको भुक्तानीलाई बेरुजु कायम हुन नदिन सम्बन्धित शिक्षकबाट रकम असुलउपर गरी दाखिला गर्न लागेको हो।

    FB_IMG_1793839604240.jpg

    images
    बिहिवार, कार्तिक २० २०८३०६:३६:५८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार