शनिवार, मंसिर ६ २०८३
दुवै कार्यक्रम सेमेस्टर प्रणालीमा आधारित दुई वर्षे (चार सेमेस्टर) अवधिका छन्। इच्छुक विद्यार्थीले स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। MBA कार्यक्रममा आवेदन दिन भने स्नातक तहमा कम्तीमा दोस्रो श्रेणी वा CGPA २.५ प्राप्त गरेको हुनुपर्ने व्यवस्था छ।
विश्वविद्यालयका अनुसार आवेदन शुल्क एक हजार रुपैयाँ निर्धारण गरिएको छ। इच्छुक आवेदकले विश्वविद्यालयको आधिकारिक वेबसाइट www.nou.edu.np मा रहेको Student Panel को For Entrance Portal मार्फत अनलाइन आवेदन दिन सक्नेछन्।
आवेदनका लागि आवश्यक शैक्षिक योग्यताका प्रमाणपत्र स्क्यान गरी अपलोड गर्नुपर्नेछ। साथै, ग्लोबल आईएमई बैंक लिमिटेडको कीर्तिपुर शाखामा रहेको नेपाल खुला विश्वविद्यालयको खातामा आवेदन शुल्क जम्मा गरी भौचरसमेत अपलोड गर्नुपर्नेछ। रकम जम्मा गर्दा आवेदकले आफ्नो नाम र फोन नम्बर अनिवार्य उल्लेख गर्नुपर्ने सूचनामा जनाइएको छ।
प्रवेश परीक्षाको मिति र समय भने पछि विश्वविद्यालयको वेबसाइटमार्फत सार्वजनिक गरिनेछ।
