Aug 14 2026 | २०८३, श्रावण २९ गते

नेबिसंघले गर्‍यो पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि फिर्ता लिन माग ।

नेबिसंघले गर्‍यो पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि फिर्ता लिन माग ।

  • 433
    SHARES

  • नेबिसंघले गर्‍यो पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि फिर्ता लिन माग ।

    काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस निकट नेबिसंघले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ ।

    सोमबार रातिदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजल, मट्टितेल, खाना पकाउने ग्याँस र हवाई इन्धनमा बढाएको मूल्य फिर्ता लिन माग गरेको हो ।

    नेविसंघ महामन्त्री बलदेव तिमल्सिनाले मंगलबार विज्ञप्तिमार्फत् मूल्यवृद्धि फिर्ता लिन माग गरेका हुन् । बिग्यप्तिमा भनिएकोछ, ‘कोरोना भाइरसको महामारी र त्यसको प्रत्यक्ष असरबाट प्रभावित उपभोक्तालाई थप पीडा दिने गरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिप्रति घोर भर्त्सना गर्दछु,’ । ‘आहतका बेला राहत दिनुपर्नेमा कर र कमिसनमा लिप्त निगम जनताको चुलो बन्द गराउने बाटोमा लागिरहेको छ ।

    अत्यावश्यकीय उपभोग्यवस्तु माथि पटकपटक गरिएको मूल्य वृद्धिले उपभोक्ताले चरम पिडा खेप्नुपरेको अवस्थामा सरकारलाई उक्त मूल्यवृद्धि तत्काल फिर्ता गर्न माग गर्दछु ।’ बिग्यप्तिमा भनिएको छ।

    त्यसैगरी नेविसंघले स्वचालित मूल्य प्रणालीका नाममा पटकपटक मूल्यवृद्धि गर्नु जनविरोधी कार्य भएको दाबी आरोप लगाएको छ ।

    नेपाल आयल निगमले सोमबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर दुई-दुई रुपैयाँ मूल्यवृद्धि गर्दै पेट्रोल १३०, डिजल र मट्टितेल ११३ तथा हवाई इन्धन प्रतिलिटर ८६ रूपैयाँ र खाना पकाउने एलपि ग्याँसमा २५ रुपैयाँ वृद्धि गरी १,४५० कायम गरेको छ ।

     

    images
    मंगलवार, भाद्र ८ २०७८०९:२५:१३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार