Oct 02 2026 | २०८३, आश्विन १६ गते

एमसिसी पास गरे अखिल (क्रान्तिकारी) ले सरकारविरुद्ध आन्दोलन गर्ने । 

एमसिसी पास गरे अखिल (क्रान्तिकारी) ले सरकारविरुद्ध आन्दोलन गर्ने । 

  • 455
    SHARES

  • एमसिसी पास गरे अखिल (क्रान्तिकारी) ले सरकारविरुद्ध आन्दोलन गर्ने । 

    काठमाडौं- सत्तारूढ माओवादी केन्द्र निकट विद्यार्थी संगठन  अखिल (क्रान्तिकारी)ले राष्ट्र हित बिपरित एमसिसी पारित गरे सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ ।

    मंगलबार राजधानीको आरआर क्याम्पसमा आयोजित कार्यक्रममा अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले देउवा सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

    राष्ट्रिय अस्मिता र स्वाभिमानको रक्षा नगरे विद्यार्थी आन्दोलनको निशाना देउवा सरकारतर्फ सोझिने बताउँदै उनले भने, ‘एमसीसीका नाममा भइरहेको अमेरिकी हस्तक्षेप र जयसिंह धामी प्रकरणमा भएको भारतीय दादागिरीका विरुद्ध सरकार कडा रुपमा प्रस्तुत हुन सकेको छैन ।’

    ‘राष्ट्रिय एकता र सहमति विना जबर्जस्ती एमसीसी पास गर्ने हर्कत गरिए विद्यार्थी आन्दोलनको आँधीबेहरीले देउवा सरकारलाई नै बढार्नेछ ।’

    उनले स्वाधिनता हाम्रो सबैभन्दा ठूलो बिषय हो यदि स्वाधीनता माथी हस्तक्षेप भए अखिल (क्रान्तिकारी) सहेर नबस्ने बताए ।

     

    images
    बुधवार, भाद्र २३ २०७८०३:२६:४२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार