Aug 13 2026 | २०८३, श्रावण २८ गते

कार्तिक मसान्त सम्ममा शिक्षक दरबन्दी मिलान गरिसक्ने ।

कार्तिक मसान्त सम्ममा शिक्षक दरबन्दी मिलान गरिसक्ने ।

  • 667
    SHARES

  • कार्तिक मसान्त सम्ममा शिक्षक दरबन्दी मिलान गरिसक्ने ।

    काठमाडौ - शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कार्तिक मसान्त सम्म शिक्षक दरबन्दी मिलानको कार्य  सम्पन्न गरिसक्ने बताएको छ । केन्द्रका अनुसार हाल दरबन्दी मिलानको काम अन्तिम चरणमा पुगेको हुनाले विभिन्न जिल्लाका स्थानीय तहमा बढी भएका शिक्षकलाई अन्य जिल्लाको अन्य पालिकामा स्तानान्तरण गर्ने प्रक्रिया समेत सुरु गरेको छ ।

    दरबन्दी मिलानको कार्य भइरहेको र बाँकी रहेका विभिन्न २७ जिल्लाका शिक्षा विकास तथा समन्वय एकाइलाई शिक्षक दरबन्दी विवरण अद्यावधिक गराउन समेत केन्द्रले निर्देशन दिइसकेको छ।

    खुद पुल दरबन्दी रहेको स्थानीय तहहरुबाट ११०० भन्दा बढी दरबन्दी तथा राहत कट्टा गरी अर्को आवश्यक जिल्ला भित्रका स्थानीय तहहरुमा स्थानान्तरण गरिसकिएको र बाँकी खुद पुलमा रहेको दरबन्दी स्थानान्तरण गर्ने प्रयोजनको लागि केन्द्रले एकाइलाई निर्देशन दिएको निर्देशक बसन्तप्रसाद कोइरालाले जानकारी दिए ।

    केन्द्रले ताप्लेजुङ, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, सोलुखुम्बु, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, रसुवा, चितवन, गोरखा, लमजुङ, तनहुँ, स्याङ्जा, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, बाग्लुङ, गुल्मी, पाल्पा, अर्घाखाँची र डोल्पाको एकाइलाई दरबन्दी मिलानको विवरण अद्यावधिक गराउन निर्देशन दिएको छ ।

    केन्द्रले विवरण पठाए पनि खुद पुल दरबन्दी बाँकी हुने स्थानीय तहहरुको हकमा शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापन कार्यविधि, २०७६ को दफा ८ मा उल्लेखित २०७२ साल असोज ३ यता जिल्लान्तर सरुवा भइ आएका स्थायी शिक्षक तथा बाँकी स्थायी शिक्षकहरुको अलग अलग नामनामेसी, कार्यरत विद्यालय, स्थानीय तह तथा कनिष्ठताको सूची समेत तयार गरी अद्यावधिक बनाइ राख्न स्थानीय तहहरुलाई एकाइले निर्देश गरेको निर्देश्क कोइरालाले जानकारी दिए ।।

    सम्बन्धित  जिल्ला अन्तर्गतको खुद पुल दरबन्दी रहेका स्थानीय तहहरुमा हाल सम्म कट्टा गरी बाँकी रहेको रिक्त खुद पुलमा दरबन्दी तथा राहतको विवरण, खुद पूल दरबन्दी रहेको स्थानीय तहहरुबाट दरबन्दी थप हुने जस्तै तेह्रथुमबाट उदयपुर, काठमाण्डौ, भक्तपुर र ललितपुरबाट सिन्धुली, नुवाकोट, धादिङ, दोलखा तथा मकवानपुर, लम्जुङ, तनहुँ, स्याङ्जा, मनाङ, मुस्ताङ र पर्वतबाट नवलपरासीपूर्व र वाग्लुङ, डोल्पाबाट जाजरकोट आदि स्थानीय तह र सोही जिल्ला वा तोकिएको अन्य जिल्लामा स्वेच्छिक रुपमा दरबन्दी सहित सरुवा भई जान चाहने शिक्षकहरु सँग निवेदन माग गरी एकाइको सिफारिस सहित पठाउन निर्देशन गरेको छ ।

    केन्द्रले खुद पुल दरबन्दी भएको स्थानीय तहको खुद पुल दरबन्दीमा अस्थायी वा करारमा नियुक्ति लिइ कार्यरत शिक्षकहरुको नाम थर, कार्यरत विद्यालय, स्थानीय तह, नियुक्ति मितिको कनिष्ठता खुल्ने गरी नियुक्ति मिति सहितको विवरण माग गरेको छ । त्यस्तै निजलाई पायक पर्ने केन्द्रले तोके अनुसारको दरबन्दी थप हुने जिल्ला अन्तर्गतका प्रस्तावित स्थानीय तहको विवरण, खुद पुल दरबन्दी रहेको स्थानीय तहको खुद पुल रहेको तहमा राहत अनुदानमा कार्यरत शिक्षकहरुको नामथर, कार्यरत विद्यालय, स्थानीय तह, कनिष्ठताको क्रम खुल्ने नियुक्ति मिति तथा निजलाई पायक पर्ने केन्द्रले तोके अनुसार दरबन्दी थप हुने स्थानीय तहको प्रस्तावित विवरण पेस गर्न निर्देशन दिएको छ ।

     

    images
    बुधवार, भाद्र ३० २०७८०३:०५:३८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार