Oct 02 2026 | २०८३, आश्विन १६ गते

कक्षा १२ परीक्षाको पहिलो दिन अपडेट: पर्सामा सहभागी नक्कली विद्यार्थी पक्राउ ।

कक्षा १२ परीक्षाको पहिलो दिन अपडेट: पर्सामा सहभागी नक्कली विद्यार्थी पक्राउ ।

  • 636
    SHARES

  • कक्षा १२ परीक्षाको पहिलो दिन अपडेट: पर्सामा सहभागी नक्कली विद्यार्थी पक्राउ ।

    काठमाडौं - कोभिड - १९ जोखिम का कारण दुई पटक स्थगित भएको कक्षा १२ को परिक्षा आज देखि शुरु भएको छ। स्थानिय परिक्षा केन्द्रमै (होम सेन्टर) भएको पहिलो दिनको परिक्षा देशैभरी सम्पन्न भएको राष्ट्रिय परिक्षा बोर्ड्ले बताएको छ।

    देशै भरी परीक्षा सम्पन्न हुँदै गर्दा पर्सामा भने अर्कै विद्यार्थी को नाममा परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ परेका छन् । पर्साको पर्सागढी नगरपालिकामा कक्षा १२ को परीक्षामा सहभागी एक नक्कली परीक्षार्थी पक्राउ परेका हुन् ।

    आज पहिले दिन भएको अंग्रेजी विषयको परीक्षा दिन आएका पर्सागढी नगरपालिका–८ का २० वर्षीय राजचन्द्र दास पक्राउ परेको जानकारी दिइएको छ । उनले सन्दीप दासको सट्टामा परीक्षा दिएको खुलेको हो ।

    जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेका अनुसार प्रहरी चौकी बढनियारको टोलीले परीक्षा हलमा प्रवेश गरेर चेक गर्दा सन्दीपको प्रवेश पत्र लिएर राजकुमारले परीक्षा दिइरहेको बताए । प्रवेश पत्रमा सन्दीपको तस्विर उप्काएर राजचन्द्रको फोटो टाँसिएको थियो ।

     

    images
    बुधवार, भाद्र ३० २०७८०५:४१:५६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार