Aug 13 2026 | २०८३, श्रावण २८ गते

पाठ्यक्रम विकास केन्द्रको वेबसाइटमा ह्याकरको निसाना : अश्लील सामाग्री देखिन थाले।

पाठ्यक्रम विकास केन्द्रको वेबसाइटमा ह्याकरको निसाना : अश्लील सामाग्री देखिन थाले।

  • 451
    SHARES

  • पाठ्यक्रम विकास केन्द्रको वेबसाइटमा ह्याकरको निसाना : अश्लील सामाग्री देखिन थाले।

    काठमाडौ - पाठ्यक्रम विकास केन्द्रको वेबसाइट ह्याकरको निसानामा परेकोछ। ह्याक भएसंगै वेबसाईटमा अश्लील सामग्री देखिन थालेका छन् ।

    श्रोतका अनुसार केन्द्रको वेबसाइटमा ह्याकरले एडवेयर, माल्वेयर स्क्रिप्ट अर्थात् विज्ञापनयुक्त भाइरस राखिदिएपछि यस्ता सामग्री देखिएका हुन् ।

    केन्द्रको वेबसाइटको मेनुमा राखिएको पब्लिकेसन भित्रको मेनुमा रहेको करिकुलम, रिपोर्ट्स, जनरल,बुलेटि, टेक्स्ट बुक,, टिचर्स गाइड जस्ता लङ्कमा क्लिक गर्ने वित्तिकै प्रयोगकर्ताः स्वतः ह्याकरले राखेको अश्लील सामग्रीमा देखिएको छ ।

    लामो समयदेखि केन्द्रको वेबसाइटमा यस्ता सामग्री देखिए पनि केन्द्रका अधिकारी भने यसमा अनविज्ञता प्रकट गर्छन् । केन्द्रका प्रवक्ता गणेशप्रसाद भट्टराईले आफूहरुले प्रयोग गर्दा यस्तो नभेटिएको, आफ्नो सिस्टम सुरक्षित रहेको भनेर बचाउ गरे । तर, प्रयोगकर्ता लामो समयदेखि यस्ता अश्लील सामग्रीको सिकार हुँदै आएकोमा केन्द्रले समाधानका लागि अहिलेसम्म पहल समेत गरेको छैन ।

    भट्टराईले राष्ट्रिय सूचना प्रविधि केन्द्रलाई पत्राचार गरेर जानकारी गराइएको र केन्द्रले वेबसाइटमा असुरक्षा नभएको जानकारी त्यहाका प्राबिधिक हरुले जानकारी दिएको बतार।

    त्यसैगरी ‘साइबर सुरक्षा अनुसन्धानकर्ताका अनुसार ‘सेक्युरिटी टेस्टिङ’ अर्थात सुरक्षा परीक्षण नगरिएका कारण यस्तो समस्या देखिएको हुनसक्छ । ‘सरकारी वेबसाइट भनेर डेभलपरले सुरक्षा सावधानी नअपनाउँदा यस्तो समस्या आउँछ ।

    झट्ट हेर्दा केन्द्रकै वेबसाइट जस्तो देखिए पनि वेबसाइटको नाम नभएर न्युमेरिकल आइडी (अङ्कमा लेखिएको नाम) देखा पर्छ । त्यसभित्र राखिएका पाठ्यसामग्रीमा क्लिक गर्दा प्रयोगकर्ता अनावश्यक सामग्री राखिएको वेबसाइटमा पुग्ने गरेको बताइएको छ।

     

    images
    बुधवार, आश्विन १३ २०७८०३:५०:१७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार