सोमवार, आश्विन १८ २०७८
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (IEMIS) अद्यावधिक गर्ने विद्यालयको सूची सार्वजनिक गर्दै अद्यावधिक नगर्ने बिद्यालयको अनुदान तथा छात्रवृत्ति रोक्का गरिने बताएको छ।
केन्द्रली आज एक सूचना जारी गर्दै सार्वजनिक भएका विद्यालय बाहेक अन्य विद्यालय सञ्चालनमा भए नभएको विवरण पेस गर्न केन्द्रले सबै स्थानीय तहलाई सूचित समेत गरेको छ ।
त्यसैगरी केन्द्रले यसअघि २०७८/०४/०७ र २०७८/०५/१६ को पत्र बाट शैक्षिकसत्र २०७८ को School Censusअन्तर्गत IEMIS अद्यावधिक गर्न विद्यालयलाई समय थप गरेको भए पनि विद्यालयले अझै सो विवरण केन्द्रमा पठाउन नसकेका हुनाले विवरण अद्यावधिक गर्न बाँकी रहेका विद्यालयलाई सहजिकरण गरी विवरण पठाउन सबै स्थानीय तहलाई निर्देशन दिएको हो ।
केन्द्रले निर्धारित समय भित्र विवरण अद्यावधिक नगर्ने विद्यालयहरुको विवरण योजना तथा बजेट निर्माण प्रक्रियामा समावेश गर्न नसकिने र यसबाट विद्यालयले प्राप्त गर्ने अनुदान वा सुविधाबाट विद्यालय र छात्रवृत्ति लगायतका सेवा सुविधाबाट विद्यार्थी वञ्चित हुन गएको अवस्थामा सोको जिम्मेवार सम्बन्धित विद्यालयको प्रधानाध्यापक हुने सूचनामा उल्लेख गरिएको छ।
IEMIS अद्यावधिक गर्ने बारे केन्द्रको सूचना यस्तो छ।
IEMIS अद्यावधिक गर्ने बिद्यालयको सुची हेर्न यहाँ क्लिक गर्नुस् ।