Oct 05 2026 | २०८३, आश्विन १९ गते

गोकुलेश्वर कृषि क्याम्पसलाई त्रिविको आंगिक क्याम्पस बनाउन प्र.म. समक्ष माग ।

गोकुलेश्वर कृषि क्याम्पसलाई त्रिविको आंगिक क्याम्पस बनाउन प्र.म. समक्ष माग ।

  • 784
    SHARES

  • गोकुलेश्वर कृषि क्याम्पसलाई त्रिविको आंगिक क्याम्पस बनाउन प्र.म. समक्ष माग ।

    बैतडीमा - गोकुलेश्वर कृषि क्याम्पसलाई त्रिभुव विश्वविद्यालयको आंगिक क्याम्पस बनाउन प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष माग गरिएको छ।

    बैतडीको डिलासैनीमा रहेको क्याम्पसलाई त्रिविको आंगिक क्याम्पस बनाउन स्थानीय को माग अनुरुप नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकलगायतले त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेका हुन्।

    बैतडीको पहिलो कृषि क्याम्पस गोकुलेश्वरलाई त्रिविको आंगिक क्याम्पसका रूपमा अगाडि बढाउन सके त्यस क्षेत्रका विद्यार्थीलाई पठनपाठनमा सहज हुने नेता लेखकको भनाइ थियो।

    प्रधानमन्त्री देउवाले दुर्गम क्षेत्रमा शिक्षा तथा स्वास्थ्यका लागि सरकारले काम गर्ने बताएका थिए। उनले गोकुलेश्वर क्याम्पसलाई त्रिवि आंगिक क्याम्पसका रूपमा अघि बढाउने प्रतिवद्धता व्यक्त गरेको जनक भट्टले बताए।

    २०६९ सालमा गोकुलेश्वर कृषि क्याम्पसको देउवाले नै उद्घाटन गरेका थिए। उक्त क्याम्पसमा १७१ जना विद्यार्थी पढ्छन्।

     

    images
    शुक्रवार, कार्तिक १२ २०७८०९:५४:००

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार