बुधवार, कार्तिक १७ २०७८
काठमाडौ - शिक्षा तथा मानव स्रोत बिकास केन्द्र अन्तर्गत शिक्षा बिकास तथा समन्वय इकाइ द्वारा शहिद तथा द्वन्द्व पिडित परिवारका छोराछोरीलाई लागि छात्रवृत्तिका लागि निवेदन दिने बारेको सूचना प्रकाशित गरिएको छ।
केन्द्रले २०७८/७९ को बार्षिक कार्यक्रम तथा बजेट अनुसार राहत क्षतिपूर्ति तथा आर्थिक सहायता सम्बन्धी कार्यबिधी २०६९ अनुसार यश बर्ष छात्रवृत्ति प्रदान गर्न सुचना जारी गरिएको हो।
छात्रवृत्तिको लागि २०७८ मंसिर मसान्तसम्म को समय तोकिएको र त्यसभन्दा पछाडी फारम नलिने जनाइएको छ।
