Oct 02 2026 | २०८३, आश्विन १६ गते

कक्षा १२ को नतिजा हेर्नुस ।

कक्षा १२ को नतिजा हेर्नुस ।

  • 740
    SHARES

  • कक्षा १२ को नतिजा हेर्नुस ।

    काठमाडौ - राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। आज बिहान ९ बजे बोर्ड बैठक बसि नतिजा प्रकाशित गरेकोहो।

    गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म कक्षा १२को परीक्षामा मुलुकभरबाट तीन लाख ८६ हजार परीक्षार्थीले आवेदन दिएका थिए ।

    विभिन्न कारणले करिब १० हजार विद्यार्थीले परीक्षा नदिएपछि परीक्षामा ३ लाख ७५ हजार विद्यार्थी मात्र सहभागी भएको बोर्डले जानकारी दिएको छ।

    नतिजाअनुसार सात हजार ३६ परीक्षार्थीले ‘ए प्लस’ ल्याएका छन् । ‘ए’ ग्रेड ल्याउने परीक्षार्थीको सङ्ख्या ४८ हजार २३९ छ ।

    यस्तै, ७० हजार एक परीक्षार्थीले ‘बी प्लस’ ल्याएका छन् । ‘बी’ ग्रेड ल्याउने परीक्षार्थीको सङ्ख्या ९९ हजार ५३७ रहेको जनाएको छ । यस्तै  ‘सी प्लस’ ल्याउने परीक्षार्थीको सङ्ख्या ७५ हजार ८८ छ भने २४ हजार ५१५ जनाले ‘सी’ ग्रेड ल्याएका छन् ।

    यस्तै तीन हजार ८७५ परीक्षार्थीले ‘डी प्लस’ ल्याएका छन् । ‘डी’ ग्रेड ल्याउने परीक्षार्थीको सङ्ख्या २९६ छ भने १० हजार ७३ जनाले ‘ई’ ग्रेड ल्याएका छन् । गएको भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको कक्षा–१२ को परीक्षामा तीन लाख ७५ हजार परीक्षार्थी सहभागी भएका थिए ।

     

    कक्षा १२ को नतिजा हेर्न तलको लिंकमा जानुहोस् ।

     

    http://www.neb.gov.no

    https://neb.ntc.net.np/?

    images
    शुक्रवार, मंसिर १७ २०७८१२:१२:०७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार