मंगलवार, मंसिर २१ २०७८
रामेछाप, मांसिर २१- रामेछापको उमाकुण्ड गाउँपालिकाले प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी), विद्यालय सहयाेगी कर्मचारी र लेखापालको तलब भत्ता वृद्धि गर्दै साढे २१ हजारसम्म पुर्याएको छ ।
नेपाल सरकारको गत जेठ १५ गते विनियोजन अध्यादेश, २०७८ अनुसार संघीय सरकारले दिएको ८ हजार रूपैयाँमा गाउँपालिका कार्यालयले ७ हजार थप गरी न्युनतम पारिश्रमिक १५ हजार पु¥याएको हो ।
त्यस्तै गरी ०७८ साउन १ गतेबाट लागु हुने गरी गाउँपालिका कोषबाट माध्यमिक तहमा कार्यरत् विद्यालय सहयाेगी कर्मचारीलाई संघीय सरकारले दिएको आठ हजारमा गाउँपालिकाले नाै हजार रूपैयाँ थप सहित मासिक तलब १७ हजार पुर्याएको छ भने विद्यालय लेखापाललाई दिएको १३ हजार ५ सयमा गाउँपालिकाले ७ हजार ९ सय ८० रुपैयाँ थप गरि कुल २१ हजार ४ सय ८० रुपैयाँ पुर्याएको छ ।

भौगोलिक हिसाबले रामेछाप जिल्लाकै सबैभन्दा ठूलो गाउपालिका गाउँपालिका भित्र ४६ वटा विद्यालय, २६ वटा विद्यालयमा आधारित बाल विकास केन्द्र र २ वटा सामुदायमा आधारित बाल विकास केन्द्र गरि जम्मा २८ वटा बाल विकास केन्द्र, १ क्याम्पस, १ विशेष शिक्षा, ५ वटा सामुदायिक सिकाई केन्द्र रहेको छ ।
यस गाउँपालिकामा जम्मा शिक्षक दरबन्दी प्रारम्भिक बाल विकास केन्द्रमा २७ जना रहेका छन।
त्यसैगरी यs गाउपालिकामा आधारभूत तह (१–५)मा १०८, आधारभूत तह (६–८)मा ३०, माध्यमिक तह (९–१०)मा १६ र माध्यमिक तह (११–१२) मा ६ वटा दरबन्दी रहेको छ । हाल जम्मा ४३५६ जना विद्यार्थीहरु अध्ययनर्त रहेका छन् ।
एक विद्यालय एक बालविकास केन्द्रको अवधारण अनुरुप १० वटा बालविकास केन्द्र स्थापन गरी जनशक्तिको व्यवस्थापन गरिएको छ ।
विद्यालयमा कार्यरत् तहगत र विषयगत शिक्षकको दरबन्दी संङ्ख्या यकिन गरी शिक्षक दरबन्दी कम भएको विद्यालयमा गाउँपालिकाले प्रारम्भिक बाल विकास सहजकर्ता १० जना, आधारभूत तह (१–५)मा १२ जना, आधारभूत तह (६–८)मा ९ जना, माध्यमिक तह (९–१०)मा ८ जना स्वयंसेवक शिक्षकको व्यवस्था गरिएको छ ।