Aug 13 2026 | २०८३, श्रावण २८ गते

भक्तपुरमा दिइयो एकसय शिक्षकलाई आँखाजाँच सम्बन्धी आधारभुत तालिम।

भक्तपुरमा दिइयो एकसय शिक्षकलाई आँखाजाँच सम्बन्धी आधारभुत तालिम।

  • 533
    SHARES

  • भक्तपुरमा दिइयो एकसय शिक्षकलाई आँखाजाँच सम्बन्धी आधारभुत तालिम।

    भक्तपुर - बालबालिकामा विभिन्न कारणले आँखामा समस्या बढ्न थालेपछि भक्तपुरका एकसय शिक्षकलाई आँखा जाँचसम्बन्धी आधारभूत तालिम दिइएको छ।

    हिमालयन क्याट्र्याक्ट परियोजनाको सहयोगमा तिलगंगा आँखा प्रष्ठिान र जिल्ला सामुदायिक आँखा केन्द्रले भक्तपुरका विभिन्न विद्यालयका शिक्षकहरुलाई आँखा जाँच्ने आधारभूत तालिम दिएको हो।

    आँखाका समस्या पहिचानमा सहयोग पुर्याउन तालिम दिएको केन्द्रका प्रमुख धिरज अधिकारीले बताए। ‘अहिले बालबालिकाहरुमा आँखाको समस्या बढ्दो छ, बढ्दो आँखाको समस्याबारे थाहा पाउन लगाउन सहयोग पुगोस् भनी यो तालिम सञ्चालन गरिएको हो’, प्रमुख अधिकारीले भने।

    उनले तालिममा सहभागी शिक्षकहरुलाई आँखाको अवस्था, आँखामा आउन सक्ने विभिन्न समस्या, आँखाको हेरचाह गर्ने तरिकाबारे जानकारी दिनुका साथै चश्माको आवश्यकता भएका विद्यार्थी पहिचान गर्ने विधि पनि सिकाइएको बताए।

    केन्द्रका प्रमुख अधिकारीले बढ्दो डिजिटल साधनको प्रयोगले सानो बेला उमेरका बालबालिकामा आँखामा समस्या देखिन थालेकाले त्यस्ता समस्या पहिचान र निराकरणमा विद्यालयको भूमिका प्रभावकारी बनाउन तालिम सञ्चालन गरिएको जानकारी दिए।

    तालिममा सहभागी शिक्षकहरुलाई तिलगंगा आँखा प्रतिष्ठानका बाह्य कार्यक्रम अधिकृत हरि कार्कीले प्रयोगात्मक रुपमा तालिम दिएका थिए।

    ‘शिक्षकहरुलाई हामीले तालिम दिएका छौं, तालिममा सहभागीहरुले आँखाको सामान्य अवस्थाबारे थाहा पाएका छन् भने उनीहरु दृष्टि परीक्षण गर्न सक्षम भएका छन्’, अधिकृत कार्कीले भने।

    केन्द्रका अनुसार तालिममा भक्तपुर नगरपालिकाका ६० जना, सूर्यविनायक नगरपालिकाका २० र चाँगुनारायण नगरपालिकाका २० शिक्षकहरु सहभागी भएका छन्।

     

    images
    आइतवार, मंसिर २६ २०७८१२:०१:२६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार