Oct 03 2026 | २०८३, आश्विन १७ गते

कलेज बाहिर राजनीतिक सभा, भित्र परिक्षा, सात सय विद्यार्थीले परीक्षा अवधिभर भाषण सुने, उत्तरपुस्तिका भरे !

कलेज बाहिर राजनीतिक सभा, भित्र परिक्षा, सात सय विद्यार्थीले परीक्षा अवधिभर भाषण सुने, उत्तरपुस्तिका भरे !

  • 391
    SHARES

  • कलेज बाहिर राजनीतिक सभा, भित्र परिक्षा,  सात सय विद्यार्थीले परीक्षा अवधिभर भाषण सुने, उत्तरपुस्तिका भरे !

    तपाईं परीक्षा दिँदै हुनुहुन्छ र त्योबेला कसैले हल्ला गर्‍यो भने के गर्नुहुन्छ ? सामान्यतया परीक्षा हलमा हल्ला हुँदैन वा गर्न दिइँदैन । त्यही भएर सामान्तः हल्ला नहुने वातावरण सम्बन्धित विद्यालय वा कलेजले मिलाएकै हुन्छ ।

    तर, मंगलबार काठमाडौंमा फरक दृश्य देखियो । प्रदर्शनीमार्गस्थित रत्नराज्य (आरआर) लक्ष्मी क्याम्पसमा अध्यनरत स्नातकोत्तर तह दोस्रो वर्षका करिब सात सय विद्यार्थीले मंगलबार ‘प्रतिगमन विरोधी’ भाषण सुन्दै परीक्षा दिन बाध्य भए ।

    दिउँसो एक बजेदेखि चार बजेसम्म आरआर क्याम्पसमा परीक्षा थियो । ठीक त्यही समयमा आरआर क्याम्पस नजिकै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षको प्रदर्शनसहितको विरोधसभा थियो ।

    यता आरआर कलेजमा परीक्षा सुरु भयो, उता विरोध सभामा भाषण ।

    विरोध सभामा सहभागीहरू आरआर क्याम्पस गेट हुँदै पद्मोदय मोडसम्मै पुगेका थिए । नेताहरूको भाषण सुन्न सहज होस् भनेर सडकका खम्बामा माइकहरु राखिएका थिए ।

    आरआर क्याम्पस प्रमुख जीभन्धर ज्ञवाली भन्छन्, ‘विरोध सभा भएपछि ध्वनि प्रदूषण नहुने भन्ने त भएन तर, विद्यार्थीहरू परीक्षामै केन्द्रित थिए ।’

    क्याम्पस प्रमुख ज्ञवालीका अनुसार कतिपय विद्यार्थीहरू जामका कारण भीड छिचोल्न नसकेर समयमा परीक्षा हलमा पुग्न सकेनन् । ‘परीक्षा सुरू भएको आधा घण्टापछिसम्म पनि विद्यार्थीहरू हस्याङफस्याङ गर्दै आए । हामीले म्यानेज गर्यौं ।’

    हल्ला भयो भनेर कसैसँग गुनासो गर्ने वा कार्यक्रम नै अर्को स्थानमा राख्न लगाउने गरी कुनै पहल गर्नुभएन त ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘विद्यार्थी नेताहरूलाई भनेका हौं तर, कार्यक्रम रोकिएन ।’

    नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण गत चैतमा रोकिएको आमसञ्चार र पत्रकारिता, समाजशास्त्र, मानवशास्त्र, राजनीतिक शास्त्र जनसंख्या, अर्थशास्त्रलगायतका विषयको स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षा मंगलबार पनि थियो ।

    परीक्षामा खटिएका एक शिक्षकले भने, ‘झ्याल लगाउँदा पनि डिस्टर्ब भइरह्यो ।’

    विद्यार्थीहरूको परीक्षा चार बजेसम्म चल्यो । यता विरोधसभा पौने चार बजेसम्म रह्यो । विद्यार्थीले करिब १५ मिनेट मात्रै शान्त वातावरणमा परीक्षा दिन पाए ।

    एकजना विद्यार्थीले गुनासो गरे, ‘ठ्याक्कै कार्यक्रम सुरु र हाम्रो परीक्षा एकै समयमा भयो । हामीले प्रश्नपत्र पाउँदा उद्घोषक कराउन थालिसकेका थिए । हाम्रो पेपर खोस्ने बेला उता प्रचण्डको भाषण पनि सकियो ।

    images
    बुधवार, पौष १५ २०७७०९:११:११

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार