आइतवार, पौष ४ २०७८
काठमाडौँ – विगत १३ वर्षदेखि स्ववियु चुनाव हुन सकेको छैन। स्ववियु चुनाब हुने कि नहुने भन्ने बहस समेत हुन छोडेको छ। यद्यपि बिश्वबिद्धालय, कलेजहरुमा स्ववियुको सान्दर्भिकता र औचित्य माथी बहस गर्नुपर्ने बेला समेत भएको छ।
यसै सन्दर्भमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको माग गर्दै अमृत साइन्स क्याम्पस अस्कलमा अनेरास्ववियु विद्यार्थी संगठनले डेमो इलेक्सन (नमुना चुनाव) गरेका छन।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव नभएको विरोधमा शनिबार विद्यार्थीहरुले सांकेतिक रुपमा स्ववियु चुनाव गरेका हुन्।

क्याम्पसहरुमा तत्काल चुनावको माग गर्दै अनेरास्ववियु क्याम्पस कमिटीको आयोजनामा ‘डेमो’ चुनाव गरिएको अस्कल अनेरास्ववियुका अध्यक्ष तथा केन्द्रिय समिती सदस्य कमल जोसिले बताए। अब पनि चुनाव नगरिए स्ववियु नै खारेज गर्नुको विकल्प नरहेको उनले बताएका छन्।
त्रिविले स्ववियु चुनावमा उम्मेदवार बन्नका लागि २८ वर्षे उमेर हदबन्दी लागु गरे पनि चुनाव भने हुन सकेको छैन। अस्कलमा शनिबार विद्यार्थीहरुले स्ववियुका विभिन्न पदका लागि सांकेतिक रुपमा मतदान गरे।