Aug 13 2026 | २०८३, श्रावण २८ गते

विद्यार्थी ठगी गरेको आरोपमा केएमसीमा तालाबन्दी: नोबेल मेडिकल कलेजको ठगीधन्दा रोक्न अभिभावकको माग।

विद्यार्थी ठगी गरेको आरोपमा केएमसीमा तालाबन्दी: नोबेल मेडिकल कलेजको ठगीधन्दा रोक्न अभिभावकको माग।

  • 800
    SHARES

  • विद्यार्थी ठगी गरेको आरोपमा केएमसीमा तालाबन्दी: नोबेल मेडिकल कलेजको ठगीधन्दा रोक्न अभिभावकको माग।

    सिनामंगल- काठमाडौं मेडिकल कलेज (केएमसी) ले अतिरिक्त शुल्क लिएर ठगी गरेको भन्दै विद्यार्थीहरुले तालाबन्दी गरेका छन्।

    विद्यार्थीहरुबाट तोकिएको भन्दा चर्को शुल्क असुलेको भन्दै केएमसीमा बिप्लव निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को नेतृत्वमा तालाबन्दी गरिएको  हो ।

    यसअधि देखि केएमसीले करिब २० लाख रुपैँया भन्दा बढी अतिरिक्त शुल्क लिएर ठगी गर्न खोजेको भन्दै विद्यार्थीहरु आन्दोलन गर्दै आएका थिए।Screenshot_20211220-224319_Facebook.jpg

    तालाबन्दिका क्रममा मेडिकल माफिया मुर्दावाद भन्दै चर्को नारा सेत लगाएका थिए। तालाबन्दीपछि बोल्दै अखिल ( क्रान्तिकारी) कि केन्द्रिय सदस्य मान्यता थापाले अतिरिक्त शुल्क लिने मेडिकल माफियाविरुद्ध कठोर कदम चाल्ने चेतावनी दिइन् ।

    चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा विभिन्न शिर्षक बनाएर विद्यार्थीहरुबाट चर्को शुल्क असुल्ने केएमसीमा तालाबन्दी गरिएको उनको भनाइ छ ।Screenshot_20211220-224257_Facebook.jpg

    केएमसीले अतिरिक्त शुल्क असुलेको ठगी गरेको आरोपमा विद्यार्थीहरुले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी समेत दिएका छन् ।

    एमबीबीएस अध्ययनका लागि चिकित्सा शिक्षा आयोगले काठमाडौं उपत्यकामा ४० लाख २३ हजार र उपत्यका बाहिर ४४ लाख ३६ हजर २५ रुपैँया निर्धारण गरेको छ । तर केएमसीले ६० लाख भन्दा बढी लिन खोजेको विद्यार्थीहरुको भनाई छ ।

    त्यसैगरी विराटनगर स्थित नोवेल मेडिकल कलेजले नियम विपरित मनोमानी ढंगले शुल्क असुलेको भन्दै अभिभावकहरूले मनोमानी असुली रोक्न माग गरेका गर्दै सोमबार  मोरङका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन्।

    अभिभावक र विद्यार्थीले मेडिकल कलेजको मनोमानी असुली रोक्न माग गरेका हुन्।

    नोवेल मेडिकल कलेजले सरकार र चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क असुल्न थालेपछि मनोमानी असुली रोक्न आफूहरूले माग गर्दै मोरङका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको एक अभिभावकले बताए। उनले नियम अनुसार चिकित्सा शिक्षा आयोगले तोकेको शुल्क तिर्ने तर, कलेजले तोकेको शुल्क नतिर्ने स्पष्ट समेत पारे।

    ‘नियम विपरित असुल्न खोजिएको शुल्क कुनै पनि हालतमा हामी तिर्दैनौ।’ उनले भने 'चिकित्सा शिक्षा आयोगले तोकेको पहिलो वर्षको १४ लाख ७८ हजार ६ सय ७५ रुपैयाँ अभिभाकहरूले तिरिसकेका छन्।' तर, विद्यार्थीलाई कलेजमा भर्ना गर्न जाँदा कलेजले थप शुल्क मागेर शुल्क नदिए पठनपाठन नगराउने धम्की दिएको बताए।' केही अभिभावकले अतिरिक्त सुल्क पनि तिरेको तर, आफूहरूले गैरकानुनी शुल्क रोक्न माग गर्दै प्रशासन गुहारेको समेत उनले बताए।

    त्यसैगरी अर्का अभिभावक सन्तोष धितालले मेडिकल कलेजकै छेउमा आफ्नो घर रहेको र नोवेल मेडिकल कलेजले होस्टलको शुल्क लिन खोजेको गुनासो गरे।Screenshot_20211220-211959_Facebook.jpg

    उनका अनुसार घरछेउमै कलेल भएर पनि होस्टल शुल्क बुझाउन बाध्य पार्नु न्यायसंगत नभएको बताए। ‘घरकै छेउमा कलेज छ’, उनले भने, ‘होस्टलको शुल्क जबर्जस्ती लिन खोजिंदैछ।’ यतिमात्रै हैन कलेजले एमविविएस उतिर्ण गरेपछिको इन्टर्नसिपको शुल्क पनि भर्ना हुँदै बुझाउन अभिभावकलाई दबाब दिइरहेको छ।

    चिकित्सा शिक्षा आयोगले तोकेको पहिलो वर्षको शुल्क १४ लाख ७८ हजार ६ सय ७५ रुपैयाँ बाहेक नोवेल मेडिकल कलेजले इन्टर्नशिपको शुल्क २ लाख ४० हजार, विश्वविद्यालय सम्बन्धन शुल्क ९८ हजार, होस्टेल शुल्क प्रतिमहिना १२ हजार रुपैयाँका दरले एक वर्षको एकमुष्ट १ लाख ४४ हजार रुपैयाँ माग गरेको छ। यस्तै होस्टल शुल्क प्रत्येक वर्ष ५ प्रतिशतका दरले बढ्ने र होस्टल अनिवार्य गर्ने कलेजले जनाएको धितालले बताए।

    अभिभावहरूले चिकित्सा शिक्षा आयोगले तोकेको ५ वर्षको कुल ४४ लाख ३६ हजार २५ रुपैयाँ किस्ताबन्दी रुपमा तोकिए अनुसार तिर्ने तर, त्यो भन्दा बढी शुल्क नतिर्ने स्पष्ट पारेका छन्। नोवेल मेडिकल कलेजले नियम विपरित शुल्क असुलेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय मोरङले विद्यार्थी, अभिभावक र कलेज प्रशासनलाई मंगलबार छलफलका लागि बोलाएको जनाएको छ।

     

    images

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार