मंगलवार, पौष ६ २०७८
तेह्रथुम । आठराई गाउँपालिका ३ ह्वाकुको सरस्वती माध्यमिक विद्यालयलाई स्थानीय मोहनकुमार डाँगी ( हाल काठमाडौ बस्दै आएका) ले लाखौं मूल्यको आमाको नाममा १५ रोपनी ४ आना ३ पैसा जगा दान दिएका छन् ।
विद्यालयनजिकै रहेको जग्गा ११ लाख रुपैयाँमा खरिद गरी विद्यालयलाई प्रदान गरेको हुन्।
विद्यालयको ४७औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा उनले विद्यालयलाई जग्गा प्रदान गरेको बताइएको छ।
जग्गादाता डाँगीलाई विद्यालयको तर्फ जिल्ला समन्वय समिति प्रमुख शिवप्रसाद ढुंगानाले सम्मान गरेका छन्। प्राप्त जग्गामा स्रोतको व्यवस्थापन गरी नयाँ र आधुनिक भवन निर्माण गरिने प्रध्यानाध्यापक अकलबहादुर लिम्बुले बताए ।