मंगलवार, पौष ६ २०७८
काठमाडौं - बागबजारको काठमाडौं मोडल कलेज (KMC) को होस्टलमा बस्ने एक विद्यार्थी मृतक अवस्थामा भेटिएका छन् । बाथरुममा १८ वर्षीय शुशील शहनी मृत अवस्थामा भेटिएका हुन्।
उक्त घटनाप्रती अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसर, टेकुका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।
उनका अनुसार, मृतकको परिवारलाई काठमाडौं बोलाइएको छ । ‘परिवारले जाहेरी दिएपछि पोष्टमार्टमका लागि शव पठाउने बताइएको छ।
विद्यार्थीहरुका अनिसार शहनी धेरै बेरसम्म ननिस्किएपछि ढोका फुटाएर हेर्दा उनी मृत भेटिएको भनिएको छ । उनी कक्षा ११ मा अध्ययरत थिए ।
विद्यार्थीको मृत्यु भएपछी मोडेल कलेजका विद्यार्थी हरुले बिद्यालयमै प्रदर्शन समेत गरेका छन। उनेहरु ले मृतक परिवार लाई क्षतिपूर्ति दिनुपर्ने र कलेजले गरेको गरेको लापरबाही का कारण विद्यार्थीको मृत्युु भएको भन्दै सजाय को भागेदार हुनुपर्ने बताइएको छ। अहिले थप अनुसन्धानका लागि प्रहरी परिचालन गरिएको छ।
