Oct 06 2026 | २०८३, आश्विन २० गते

अपराधको पराकाष्ठा, ओछ्यानमा पिसाब गरेको भन्दै वार्डेनले बालकको लिंगमा रबर बाधिन। प्रहरी द्वारा पक्राउ।

अपराधको पराकाष्ठा, ओछ्यानमा पिसाब गरेको भन्दै वार्डेनले बालकको लिंगमा रबर बाधिन। प्रहरी द्वारा पक्राउ।

  • 599
    SHARES

  • अपराधको पराकाष्ठा, ओछ्यानमा पिसाब गरेको भन्दै वार्डेनले बालकको लिंगमा रबर बाधिन। प्रहरी द्वारा पक्राउ।

    ६ पुस, पोखरा - समाजमा दिन प्रतिदिन अपराध पढ्दै गैरहेको छ। कहिले बलात्कार, कहिले हत्''या, कहिले अपहरण जस्ता निकृष्ठ अपराधीक घटनाहरु बढ्नुले समाज कता तिर गैरहेको भन्ने कुराको बोध गर्न सकिन्छ।

    आजको दिनमा सामाजिक सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने राज्य लगभग लगभग मुखदर्शक जस्तै बनेको छ भने सरोकार वालाहरु समेत खासै बोल्दैनन् ।

    यसै क्रममा पोखरामा ओछ्यानमा पिसाब गरेको भन्दै ६ वर्षीय बालकको लिंगमा रबरले बाँधेर सजाय दिनेगरेको घटना बाहिर आएको छ।

    पोखरा महानगरपालिका–१५ स्थित न्यू लाइफ होस्टलकी वार्डेन २७ वर्षीया जानुका नेपाली ले ६ बर्षिय बालकलाई ओछ्यानमा पिसाब गरेको भन्दै लिङ्गमा रबर बाँधेर सजाए दिएको बताइएको छ।

    वार्डेनले जानुका नेपालिले राति ओछ्यानमा पिसाब गरेको भन्दै सोमबार बिहान बालकको लिंगमा रबरले बाँधिदिएकी थिइन् । ती बालक नजिकैको सिद्ध स्कुलमा नर्सरीमा अध्ययनरत रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

    लामो समयसम्म यौनांग बाँधिएका कारण असह्य भएपछि ती बालक कक्षा कोठामा चर्को स्वरमा रोएको र त्यसैबाट उनको यौनांग बाँधिएको खुल्न आएको थियो ।

    स्कुलले थाहा पाउँदा बालकको पेट पनि फुलिसकेको स्कुल स्रोतले जानकारी दिएको छ । बालकको स्वास्थ्य जाँचका लागि अस्पताल पठाइएको तर, नतिजा नआइसकेको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक दीपक केसीका अनुसार ती बालक डोल्पाबाट पढ्न पोखरा आएका हुन् । ‘उसको बुवा पहिले नै बित्नुभएको रहेछ, आमा उतै गाउँमा हुनुहुँदो रहेछ,’ उनले भने, ‘त्यही भएर उसलाई होस्टलमा राखेर पढाइएको रहेछ ।’

    हाल वार्डेन नेपालीलाई प्रहरिले पक्राउ गरि अनुसन्धान गरिरहेको बताइएको छ।

    प्रहरिका अनुसार उनलाइ बालबालिकाविरुद्धको कसुर मुद्दामा जिल्ला अदालत कास्कीबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाइएको बताइएको छ।

    हिमालयन गुडलाइफ, काठमाडौंद्वारा सञ्चालित उक्त होस्टलमा अभिभावक नभएका विद्यार्थी बस्दै आएका छन् । उक्त होस्टलमा ९ जनाले आश्रय लिइरहेको होस्टलकै एक कर्मचारीले जानकारी दिए ।

    घटना बाहिरिन नदिन होस्टल कर्मचारी र स्कुलबीच गोप्य लिखित सम्झौता समेत भएको बताइएको छ। उक्त लिखित सम्झौतामा आइन्दा यस्ता घटना दोहोरिन नदिने प्रतिवद्धता होस्टल सञ्चालक राहुल नेपालीले गरेका छन् । सम्झौतामा भनिएको छ, ‘आइन्दा यस्तो घटना दोहोरिएको पाइएमा जे कारबाही पनि भोग्न तयार भएको व्यहोरा जानकारी गराइन्छ ।’

    उक्त सम्झौता पत्रमा स्कुलका सहायक प्रधानाध्यापक जुना थापा, होस्टल सञ्चालकद्वय राहुल नेपाली र गणेश परियार नर्सरी शिक्षक सिर्जना कँडेल, केजी शिक्षक सम्झौता गौतम, आरोपी जानुका नेपाली र उनका श्रीमान किसन नेपालीले हस्ताक्षर गरेका छन् ।

    यस्तो छ सम्झौता ।Screenshot_20211221-212312_Facebook.jpg

    पोखरामा छैन दर्ता

    हिमालयन गुड लाइफ काठमाडौंद्वारा सञ्चालित उक्त होस्टल पोखरामा कहीं कतै दर्ता नभएको पाइएको वडाअध्यक्ष प्रकाश पौडेलले बताए । उनले भने ‘यो यहाँ कतैपनि दर्ता भएको छैन । हिमालयन गुड लाइफ काठमाडौंद्वारा सञ्चालित भनिएको छ । यो पोखराको लागि गैर कानूनी रहेको पाइयो ।’

    यो होस्टल करिब ६ महिनाअघिदेखि मात्रै पोखरामा सञ्चालन भएको र दशैंपछि मात्रै बालबालिकालाई विद्यालयमा भर्ना गरिएको सहायक प्रधानाध्यापक जुना थापाले जानकारी दिइन् ।

    पोखरामा सञ्चालित होस्टलको स्थानीय सञ्चालक गणेश परियार रहेको र होस्टल इटहरीमा दर्ता भएको भनी सहसञ्चालक राहुल नेपालीले जानकारी दिएको सहप्रधानाध्यापक थापाले बताइन् ।

    उनले भनिन् ‘यसको मुख्य कार्यालय काठमाडौंमा रहेको र यो इटहरीमा पनि दर्ता भएको भन्ने जानकारी दिनुभएको छ । अब जिल्ला प्रशासनले छानबिन गरेर खारेज गर्ने अथवा दिने केही गर्ला ।’#अनलाइन खबर

     

    images
    मंगलवार, पौष ६ २०७८१०:३०:०४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार